मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने, यी जिल्लामा सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ । महाशाखाका अनुसार भारतको उत्तरपूर्वी राजस्थान तथा हरियानातिर निम्न चापीय प्रणाली अवस्थित रहेको छ ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै महाशाखाले केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मेघ गर्जन र चट्याङ्गबाट बँच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

हाल देशका अधिकांश स्थानमा वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने महाशाखाले जनाएको छ । पूर्वी तथा मध्य पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो धेरैजसो स्थानमा वदली रही पश्चिमी क्षेत्रका अधिकांश स्थान र पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । देशको पश्चिमी तथा पूर्वी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति देशका अधिकांस स्थानमा वदली रही केही स्थानमा वर्षा हुनेछ । पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार दिउँसो धेरैजसो स्थानमा वदली रही पूर्वी क्षेत्रका अधिकांश स्थान तथा मध्य र पश्चीमी क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ भने पूर्वी तथा मध्य भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना । यस्तै महाशाखाले सोमबार राति अधिकांस स्थानमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने तथा पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको