मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने, यी जिल्लामा सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ । महाशाखाका अनुसार भारतको उत्तरपूर्वी राजस्थान तथा हरियानातिर निम्न चापीय प्रणाली अवस्थित रहेको छ ।

आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै महाशाखाले केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मेघ गर्जन र चट्याङ्गबाट बँच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

हाल देशका अधिकांश स्थानमा वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने महाशाखाले जनाएको छ । पूर्वी तथा मध्य पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो धेरैजसो स्थानमा वदली रही पश्चिमी क्षेत्रका अधिकांश स्थान र पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । देशको पश्चिमी तथा पूर्वी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति देशका अधिकांस स्थानमा वदली रही केही स्थानमा वर्षा हुनेछ । पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार दिउँसो धेरैजसो स्थानमा वदली रही पूर्वी क्षेत्रका अधिकांश स्थान तथा मध्य र पश्चीमी क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ भने पूर्वी तथा मध्य भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना । यस्तै महाशाखाले सोमबार राति अधिकांस स्थानमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने तथा पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको