कञ्चनपुरमा १७ वर्षिय युवतीलाई सामुहिक बलात्कार

धनगढी – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेस ऐर रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको हो । युवतीलाई जबरजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए। उनका अनुसार घटनामा ५ जनाको संलग्नता थियो । ‘घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ,’ उनले भने,‘ पक्राउ परेका व्यक्तिको साथबाट एक मोटरसाईकल र एक खुकुरी समेत बरामद गरेका छौं।’ पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुलाई आइतबार जिल्ला अदालतमा पेश गरिने छ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको