धैर्य गर्नुस्, आगामी निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइएको भन्दै त्यस्ता भ्रम नफैलाउन चेतावनी दिएका छन् ।

प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने बताए ।

प्रधानमन्त्री ओलीले अर्को चुनावसम्म आफैले नेतृत्व गर्ने बताएका छन् । उनले भने–‘प्रधानमन्त्री पद जाने भयो भनेर लगलग कामेको छ भनेको सुनेको छु । त्यस्ता तत्त्वहरु नहौसिए हुने हो । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । राजा महाराजा सबैको पद गएको देखेको छु, अर्को निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्छु ।’

उनले पूर्वराज ज्ञानेन्द्र शाह सक्रिय भएको प्रति ब्यङ्ग्य गर्दै चिहानमा गएर हड्डी फुकेर पुरानो सत्ता ल्याउने सपना नदेख्न आग्रह गरे ।  प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरे ।

उनले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गरिरहेका छन् ।

यो सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको सरकार होइन, यसको संघर्ष र बलिदानको इतिहास छ । आवेग, उत्तेजना र फ्रस्टेशनबाट सरकार बनेको होइन । जनताको जनादेशबाट यो सरकार गठन भएको हो,’ प्रधानमन्त्रीको भनाई छ । विकास निर्माण र आर्थिक बृद्धि दर बढेको भन्दै उनले तैपनि केही भएन भन्नेहरुलाई केही भन्न नसक्ने बताए ।

सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भएपनि त्यो सफल हुन सक्ने प्रधानमन्त्री ओलीले बताए ।

‘यो हाम्रा विरोधीले चलाएको हल्ला हो । जनतामा निराशा, फ्रस्टेशन, र विश्वास टुटाउने योजनाका साथ यस्तो हल्ला चलाइएको छ तर यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन,’ प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सरकारले ७ प्रतिशत आर्थिक बृद्धिदरको सफलता हासिल गरेको भन्दै सरकारको लोपप्रीयताबाट बिरोधीहरु अत्तालिएको उल्लेख गरे ।

उनले विगतमा संसदीय अभ्यासमा केही त्रुटिहरु भएका कारण आफूले बोल्न नपाएको बताउदै उनले हामीले लडेर ल्याएको लोकतन्त्रको संसदमा राम्रो अभ्यास भएको बताए । उनले नेपालको लोकतन्त्रको अभ्यास दुनियाँको अभ्यास भन्दा उत्कृष्ट बनाएर लैजानुपर्नेमा जोड दिए ।

उनले भने–‘संविधानसभाबाट समानुपातिक प्रतिनिधित्वको आधारमा २ वर्षमा उत्कृष्ट संविधान निर्माण गरेका छौँ । संविधानबाट देश र जनाले लाभ पाउने हामीले काम गर्नुपर्छ । संसलाई मर्यादित देश र जनताको हितका लागि लगाउनुपर्छ । यो प्रणालीको बिकास, रक्षा, प्रभावकारी सुन्दर अभ्यास गर्दै अगाडि बढ्नुपर्छ यसमा म खुसी व्यक्त गर्छु ।’

उनले संघीय लोकतान्त्रिक प्रणाली नयाँ प्रणाली भएकोले यसमा केही समस्या रहेको बताउदै पुरानो प्रणालीका मान्छेले पनि खुलेआम आफ्नो गतिबिधी गर्न पाइरहेको उल्लेख गरे । उनले भने–‘यस प्रणालीले राम्ररी अभ्यास गर्न नपाउदै यसलाई अप्ठेरोमा पार्ने पनि छन् ।’

‘यो नयाँ प्रणाली हो । नयाँ प्रणाली भएकाले पुरानो प्रणालीका संवाहक र पक्षधर पनि देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले पनि खुलेआम गतिविधि गरिरहेका छन् । तर यो नयाँ प्रणालीलाई कमजोर पार्ने प्रयास भइरहेको छ । यसमा सचेत हुन जरुरी छ,’ प्रधानमन्त्रीले सवैलाई सचेत गराए ।

उनले संविधान कार्यन्वयन गर्ने सन्दर्भमा नयाँ कानुनहरु निर्माण गरेको र एकाधबाहेक ती कानुनहरु पुरा भएको भन्दै बाँकी काननु चालु अधिवेशनमा सम्पन्न गरिसक्नुपर्ने बाध्यता रहेकाले संसद त्यसमा केन्द्रीत रहेको बताए ।

‘कानुन निर्माणमा विलम्ब हुँदा कार्यान्वयनमा विलम्ब हुन्छ, त्यसो हुँदा जनताले पाउने प्रतिफल कमजोर हुन्छ । त्यसैले कानुन निर्माणमा ढिला गर्नुहुदैन,’ प्रधानमन्त्रीले भने, ‘सरकारले सुशासनमा र विकासमा ध्यान केन्द्रीत गरेको छ । सुखी नेपाली समृद्ध नेपालका लागि अशिक्षा र पछौटेपनबाट मुक्ति जरुरी छ ।

सम्पन्नता हासिल, शान्तिसुरक्षा र सम्मानपूर्ण ढंगले समानताका आधारमा बाँच्न पाउने अवस्था सिर्जना गर्नु नै सुखी नेपाली सम्बृद्ध नेपालको कल्पना हो,’ प्रधानमन्त्रीको भनाई थियो ।

उनले मेलम्ची आयोजनाको ठेकेदार भागेपनि सरकार नभागेकोले आयोजनाको काम नरोकिने बताए । उनले भने–‘एउटा मेलम्चीको ठेकेदार भाग्यो त । यस्तो कुरा कहिलेकाहीँ हुन्छ, सरकार भागेको त हैन नी । केही ढिलो होला हामी मेलम्चीको पानी ल्याउछौँ ।’

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको