पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको छानबिन कार्यमा असर पुग्ने गतिविधि नगर्न कांग्रेस र नेकपाको आग्रह

चितवनका राजनीतिक दल तथा स्थानीय प्रशासनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको छानबिन कार्यमा असर पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन्।

सो घटनाको छानबिनका क्रममा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेको समर्थनमा प्रदर्शन भइरहेका बेला जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सहयोगका लागि सबैसँग अपिल गरेको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले तीन बुँदे निर्णय गरी घटनाको छानबिन कार्यमा बाधा पुग्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ। बैठकले घटनाको अनुसन्धानका क्रममा रवी लामिछानेसहित तीनजना पक्राउ परी अदालतबाट पाँच दिनको म्याद समेत थप भैसकेको अवस्थामा पक्ष र विपक्षमा नभइ न्याय निरुपण कार्यमा सहयाेग पुर्‍याउन एवं शान्ति कायम गर्न राजनीतिक दलहरुको तर्फबाट आम जनसमूदायमा अपिल गर्ने निर्णय गरेको छ।

33 1

यस्तै, जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं स्वस्छ, निश्पक्ष न्याय सम्पादनमा खलल पुग्ने गरी हुने प्रदर्शन तथा तोडफोडलाई निरुत्साहित गर्ने निर्णय पनि सर्वदलीय बैठकले गरेकाे छ।

निश्पक्ष छानबिन होस्ः मानवअधिकारवादी

यस्तै, चितवनस्थित विभिन्न मानवअधिकारवादी संघसंगठनहरुले घटनाको निश्पक्ष छानबिन गर्न माग गरेका छन्। विभिन्न ८ वटा मानवअधिकारवादी संस्थाहरुले आइतबार संयुक्त विज्ञप्ति प्रकासित गरी अनुसन्धानमा कुनै पनि दबाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउन अपिल गरेका छन्।

विज्ञप्तिमा उक्त घटनाको सत्य तथ्य पत्ता लगाई कानुनको परिपालना गर्न सरकारसँग आग्रह गरिएको छ भने न्यायीक प्रकृयामा रहेकाे घटनाको समर्थन वा विरोधमा लाग्नु भन्दा कानुनी सर्वोच्चतालाई ख्याल गरी संयमता अपनाउन सबैसँग आग्रह गरिएको छ।

44 1

पत्रकार पुडासैनी गत साउन २१ गते चितवनस्थित हाेटल क‌ंगारुमा झुण्डिएकाे अवस्थामा मृत भेटिएका थिए। मृतक पुडासैनीले आफूलाई आत्महत्या गर्न बाध्य पारेकाे भन्दै पत्रकार रवी लामिछानेसहित तीनजनालाई पाेलेकाे भिडियाे सार्वजनिक भएपछि प्रहरीले बिहीबार लामिछानेसहित तीनै जनालाई पक्राउ गरी चितवन लगेकाे छ। त्यस यता पत्रकार लामिछानेकाे समर्थनमा चितवनमा उग्र प्रदर्शन भइरहेकाे छ भने देशका विभिन्न भागमा पनि विराेध प्रदर्शन भएकाे छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको