पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको छानबिन कार्यमा असर पुग्ने गतिविधि नगर्न कांग्रेस र नेकपाको आग्रह

चितवनका राजनीतिक दल तथा स्थानीय प्रशासनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको छानबिन कार्यमा असर पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन्।

सो घटनाको छानबिनका क्रममा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेको समर्थनमा प्रदर्शन भइरहेका बेला जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सहयोगका लागि सबैसँग अपिल गरेको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले तीन बुँदे निर्णय गरी घटनाको छानबिन कार्यमा बाधा पुग्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ। बैठकले घटनाको अनुसन्धानका क्रममा रवी लामिछानेसहित तीनजना पक्राउ परी अदालतबाट पाँच दिनको म्याद समेत थप भैसकेको अवस्थामा पक्ष र विपक्षमा नभइ न्याय निरुपण कार्यमा सहयाेग पुर्‍याउन एवं शान्ति कायम गर्न राजनीतिक दलहरुको तर्फबाट आम जनसमूदायमा अपिल गर्ने निर्णय गरेको छ।

33 1

यस्तै, जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं स्वस्छ, निश्पक्ष न्याय सम्पादनमा खलल पुग्ने गरी हुने प्रदर्शन तथा तोडफोडलाई निरुत्साहित गर्ने निर्णय पनि सर्वदलीय बैठकले गरेकाे छ।

निश्पक्ष छानबिन होस्ः मानवअधिकारवादी

यस्तै, चितवनस्थित विभिन्न मानवअधिकारवादी संघसंगठनहरुले घटनाको निश्पक्ष छानबिन गर्न माग गरेका छन्। विभिन्न ८ वटा मानवअधिकारवादी संस्थाहरुले आइतबार संयुक्त विज्ञप्ति प्रकासित गरी अनुसन्धानमा कुनै पनि दबाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउन अपिल गरेका छन्।

विज्ञप्तिमा उक्त घटनाको सत्य तथ्य पत्ता लगाई कानुनको परिपालना गर्न सरकारसँग आग्रह गरिएको छ भने न्यायीक प्रकृयामा रहेकाे घटनाको समर्थन वा विरोधमा लाग्नु भन्दा कानुनी सर्वोच्चतालाई ख्याल गरी संयमता अपनाउन सबैसँग आग्रह गरिएको छ।

44 1

पत्रकार पुडासैनी गत साउन २१ गते चितवनस्थित हाेटल क‌ंगारुमा झुण्डिएकाे अवस्थामा मृत भेटिएका थिए। मृतक पुडासैनीले आफूलाई आत्महत्या गर्न बाध्य पारेकाे भन्दै पत्रकार रवी लामिछानेसहित तीनजनालाई पाेलेकाे भिडियाे सार्वजनिक भएपछि प्रहरीले बिहीबार लामिछानेसहित तीनै जनालाई पक्राउ गरी चितवन लगेकाे छ। त्यस यता पत्रकार लामिछानेकाे समर्थनमा चितवनमा उग्र प्रदर्शन भइरहेकाे छ भने देशका विभिन्न भागमा पनि विराेध प्रदर्शन भएकाे छ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको