विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं – स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयसँग सिफारिस गरेको छ ।

यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ ।

स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ। दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ।

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द पनि गर्न मन्त्रालयले सिफारिस गरेको छ।  पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ। बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको