काठमाडौँ – श्याम गुरुङ र बुनु श्रेष्ठको आवाजमा चर्चित गीत ‘बुलबुल तालैमा‘ को भिडियो सार्वजनिक भएको छ। दर्शक तथा स्रोताको मनमा बस्न सफल ‘बुलबुल तालैमा‘ गीतलाई पुन रि- रेकर्डिङ गरि सार्वजनिक गरिएको हो।

२०५२ साल तिर रेडियो नेपालमा प्रथम हुन सफल यस ‘बुलबुल तालैमा‘ गीत २०५४ सालमा रि- रेकर्डिङ हुँदा करिब ४ लाख भन्दा बढी अडियो चक्का समेत बिक्रि भएको थियो।

कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कंडेलको एरेन्ज रहेको छ।

सार्वजनिक गीतको भिडियोमा सुधिर श्रेष्ठ ,महादेव त्रिपाठी ,यांगशु श्रेष्ठ र आकंक्षा तामाङको अभिनय रहेको छ। संसारको सबै भन्दा होचो व्यक्ति मनोज बिकको समेत यस गीतमा अभिनय रहेको छ ।

राम कुमार केसीको छायांकन ,गौतम राज खड्का सम्पादन गरिएको भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ। भिडियोलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन्  ।

भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here