पत्रकार महासंघमा नवनिर्वाचितलाई नगरकाे स्वागत

रामेछाप -नेपाल पत्रकार महासंघ रामेछाप शाखामा निर्वाचित पदाधिकारीलाई रामेछाप नगरपालिकाले आईतबार स्वागत गरेको छ । रामेछाप नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख नरबहादुर थापामगर र उपप्रमुख श्रृजना खड्काले पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेका हुन ।

कार्यक्रममा नगर प्रमुख थापामगरले पत्रकारहरुले देखेको कुरा स्पष्ट भएर संचारमाध्यममा लगे नागरिकले सूचना पाउने र सरकारले सच्चीने मौका पाउने वताए । नेपालको सन्दर्भमा हरेक परिवर्तनमा पत्रकारीता क्षेत्रको योगदान रहेको भन्दै उनले पत्रकारहरुलाई विना संकोच नगरका राम्रा नराम्रा कुरा उधिन्न आग्रह गरे ।

सो अवसरमा उप प्रमुख श्रृजना खड्काले पत्रकारहरुले खवरदारी गरेनन् भने जनप्रतिनिधिले सुधारको मौका नपाउने वताईन । उनले रामेछापको विकासमा पत्रकारहरुको अहम भूमिका रहेको भन्दै नागरिकको मर्म वुझ्ने, नदेखेको कुरा देख्ने र लेख्ने पत्रकार वन्नु पर्नेमा जोड दिईन ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादेले पत्रकारीतालाई विकास र खोज पत्रकारीता तिर लैजानु पर्ने आवश्यकता औल्याए । नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष बद्री नयांघरे र राष्ट्रिय सभा सदस्य टीकाप्रसाद भट्टले नगरका संभावना, नागरिकको अपेक्षा र योजना कार्यान्वयनमा देखिएका चुनौतिलाई चिर्दै परिणाममुखी विकास योजनाहरु दिन सक्नु पर्ने वताएका थिए ।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको