सरण महर्जन
भक्तपुर– भक्तपुरको प्रसिद्ध र प्राचीन बिस्का जात्रा आज चौथौं दिनमा ५५ हाते ल्हादम्हा यसीँ द्यो (हात भएको लिङ्गो) ठडाइएको छ। पुरानो वर्षको बिदाई र नयाँ वर्षको आगमनको अघिल्लो दिनमा ठड्याइने लिङ्गो हिजोदेखि उठाउने प्रयास गरियता पनि २६ घण्टा पनि उठाउन सफल भएपछि भक्तपूरबासी हर्षित भएका छन्। सो लिङ्गो विधिवत: पूजाआजा गरि आजै ढलाइ पनि सकेको छ ।

कोभिड-१९ को दोस्रो लहरको त्रासबीच जनस्वास्थ्यका मापदण्डहरू अपनाई जात्रा मनाउन लागिएको भनिए पनि भिडमा दूरी कायम हुन असम्भवप्रायः देखिन्छ। धेरै सहभागीले मास्क पनि लगाएको दैखिँदैन।

तर गत वर्ष कोभिड-१९ कै कारण अवरुद्ध जात्रा यसपालि मनाउन पाउँदा भक्तपुरवासी हर्षित देखिएका छन्।
छिमेकी देश भारतमा कोभिड-१९ को दोस्रो लहर तीव्र गतिमा फैलिरहेको र त्यसले नेपालमा समेत गम्भीर रूपमा प्रभाव पार्ने अनुमान गर्दै सरकारले भिडभाड हुने मेला‚ भेला‚ गोष्ठी र जात्रापर्वमा रोक लगाउने निर्णय गरेको थियो।

