काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको जनाएको छ । भारतको बिहार र झारखण्ड आसपासमा न्यून चापीय प्रणाली अवस्थित रहेको महाशाखाको भनाइ छ ।

हाल देशका अधिकांश भागमा वदली रहेको तथा पूर्वी पहाडी भूभागसहित मध्य–पश्चिमी पहाड र तराईमा पूर्ण वदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाको मौसम सम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै पश्चिम तथा पूर्वी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार (आज) दिउँसो देशका अधिकांश स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पूर्वी र पश्चिमी पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो धेरैजसो स्थानमा वदली रही वर्षाको सम्भावना छ भने पूर्वी तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार राति धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानमा वर्षा हुने तथा राति सामान्यतया वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै पूर्वी पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले मौसम पूर्वानुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here