भ्रष्टाचार आरोपमा पूर्व अर्थमन्त्री पक्राउ

काठमाडौं –  भारतका पूर्व अर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ ।

आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अगि्रम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि सीबीआईले पक्रेको हो ।

मिडिया कम्पनी आईएनएक्सलाई फाइदा हुने गरी विदेशी लगानी स्वीकृत गर्ने विभाग फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी)मार्फत् अनियमितता गरेको आरोप चितम्बरमलाई लागेको छ । उक्त मिडिया कम्पनीलाई विदेशी लगानीको स्वीकृति दिँदा चितम्बरम अर्थमन्त्री थिए ।

मंगलबारदेखि उनी सम्पर्कमा थिएनन् । तर बुधबार साँझ स्थानीय समयअनुसार सवा आठ बजे कांग्रेस कार्यालयमा पुगेर उनले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोप सही नभएको दाबी गरे । उनले आफू नभागेको बरु आफ्नै हितको रक्षाका लागि कानुनको शरणमा गएको पनि बताएका थिए ।

उनले भने, म मेरो वकिलसँग बसेर आफ्ना कागजात तयार पार्दै थिएँ । तर मलाई लुकेर बसेको भने आरोप लगाइयो । सत्य त के हो भने मैले कानुनसँग सुरक्षा मागिरहेको थिएँ ।’

यद्यपि उनको पत्रकार सम्मेलनमा सीबीआईको टोली पुगे पनि त्यहाँबाट पक्राउ गरेन । पत्रकार सम्मेलनपछि उनी जोरबागस्थित आफ्नो घर फर्किएका थिए । उनी घर पुगेको केही मिनेटमै सीबीआईको टोली पनि त्यहाँ पुग्यो । तर, चितम्बरमको घरको ढोका खुलेन । टेलिभजन च्यानलहरुबाट प्रसारण गरिएको भिडियोमा ढोका फोडेर सीबीआईको टोली घरभित्र प्रवेश गरेको देखिन्छ । त्यसपछि सुरक्षाका लागि दिल्ली प्रहरीलाई पनि बोलाइयो । केहीबेरमा चितम्बरमका कार्यकर्ताहरु घरबाहिर भेला भएर सरकार र प्रहरीविरुद्ध नाराबाजी सुरु गरे ।

यसअघि सीबीआईको टोली मंगलबारै उनको घरमा पुगेको थियो, तर उनी फेला नपरेपछि पूर्जी छाडेर हिँडेको थियो । सीबीआईले भनेको थियो, हामी चितम्बरमलाई पक्राउ गर्न खोजिरहेका छौं, तर उनी फेला परिरहेका छैनन् । जबकी कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गर्दा सीबीआईको टोली पनि त्यहीँ थियो तर गिरफ्तार गरेन । चितम्बरम घर आएपछि मात्र सीबीआईले नियन्त्रणमा लियो र सीबीआई मुख्यालयमा लगियो । यस कार्यलाई ‘सीबीआईको भयंकर नाटक’ भनेर मिडियाहरुले टिप्पणी गरेका छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको