भ्रष्टाचार आरोपमा पूर्व अर्थमन्त्री पक्राउ

काठमाडौं –  भारतका पूर्व अर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ ।

आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अगि्रम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि सीबीआईले पक्रेको हो ।

मिडिया कम्पनी आईएनएक्सलाई फाइदा हुने गरी विदेशी लगानी स्वीकृत गर्ने विभाग फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी)मार्फत् अनियमितता गरेको आरोप चितम्बरमलाई लागेको छ । उक्त मिडिया कम्पनीलाई विदेशी लगानीको स्वीकृति दिँदा चितम्बरम अर्थमन्त्री थिए ।

मंगलबारदेखि उनी सम्पर्कमा थिएनन् । तर बुधबार साँझ स्थानीय समयअनुसार सवा आठ बजे कांग्रेस कार्यालयमा पुगेर उनले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोप सही नभएको दाबी गरे । उनले आफू नभागेको बरु आफ्नै हितको रक्षाका लागि कानुनको शरणमा गएको पनि बताएका थिए ।

उनले भने, म मेरो वकिलसँग बसेर आफ्ना कागजात तयार पार्दै थिएँ । तर मलाई लुकेर बसेको भने आरोप लगाइयो । सत्य त के हो भने मैले कानुनसँग सुरक्षा मागिरहेको थिएँ ।’

यद्यपि उनको पत्रकार सम्मेलनमा सीबीआईको टोली पुगे पनि त्यहाँबाट पक्राउ गरेन । पत्रकार सम्मेलनपछि उनी जोरबागस्थित आफ्नो घर फर्किएका थिए । उनी घर पुगेको केही मिनेटमै सीबीआईको टोली पनि त्यहाँ पुग्यो । तर, चितम्बरमको घरको ढोका खुलेन । टेलिभजन च्यानलहरुबाट प्रसारण गरिएको भिडियोमा ढोका फोडेर सीबीआईको टोली घरभित्र प्रवेश गरेको देखिन्छ । त्यसपछि सुरक्षाका लागि दिल्ली प्रहरीलाई पनि बोलाइयो । केहीबेरमा चितम्बरमका कार्यकर्ताहरु घरबाहिर भेला भएर सरकार र प्रहरीविरुद्ध नाराबाजी सुरु गरे ।

यसअघि सीबीआईको टोली मंगलबारै उनको घरमा पुगेको थियो, तर उनी फेला नपरेपछि पूर्जी छाडेर हिँडेको थियो । सीबीआईले भनेको थियो, हामी चितम्बरमलाई पक्राउ गर्न खोजिरहेका छौं, तर उनी फेला परिरहेका छैनन् । जबकी कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गर्दा सीबीआईको टोली पनि त्यहीँ थियो तर गिरफ्तार गरेन । चितम्बरम घर आएपछि मात्र सीबीआईले नियन्त्रणमा लियो र सीबीआई मुख्यालयमा लगियो । यस कार्यलाई ‘सीबीआईको भयंकर नाटक’ भनेर मिडियाहरुले टिप्पणी गरेका छन् ।

सिफारिस

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । उत्पादनमूलक कामबाट रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकोमा श्रेष्ठलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज...

धेरै पढिएको