काठमाडौँ – मुलुकका अधिकांश स्थानमा शुक्रबारको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

देशका पूर्वका केही स्थानहरुमा साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here