पत्रकार तामाङलाई तत्काल रिहाई गर्न प्रेस युनियन काठमाडौं शाखाको माग

काठमाडौं – उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि पत्रकार अनिश तामाङलाई पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै शाखाले सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्र्सना गरेको हो ।

‘प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीकै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा गरेका छन् । उच्च अदालतले समेत समाचार लेखेका आधारमा सञ्चारकर्मीमाथि धरपकड नगर्न दिएको आदेशको अवज्ञा हुनु अत्यन्त निन्दनीय विषय हो अध्यक्ष दुलालले विज्ञप्तिमा भनेका छन,’ ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न हामी जोडदार माग गर्दछौं । तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गरियोस् ।’ विज्ञप्तिमा भनिएको छ।

प्रेसलाई तर्साउने नियतले हुने जुनुकै प्रकारको आक्रमण प्रेस युनियनका लागि सह्य हुने छैन । तत्काल गिरफ्तार पत्रकार रिहाई गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारको ध्यानाकर्षण गराउँदछ अध्यक्ष जगन्नाथ दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

प्रेस विज्ञप्ति ०७८ वैशाख १२

उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि पत्रकार अनिश तामाङ पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस युनियन काठमाडौं शाखा सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्र्सना गर्दछ । प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीकै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा गरेका छन् । उच्च अदालतले समेत समाचार लेखेका आधारमा सञ्चारकर्मीमाथि धरपकड नगर्न दिएको आदेशको अवज्ञा हुनु अत्यन्त नि न्दनीय विषय हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न हामी जोडदार माग गर्दछ । तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गरियोस् । प्रेसलाई तर्साउने नियतले हुने जुनुकनै प्रकारको आक्रमण प्रेस युनियनका लागि सह्य हुनेछैन । तत्काल गिरफ्तार पत्रकार रिहाई गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारको ध्यानाकर्षण गराउँदछ ।

जगन्नाथ दुलाल अध्यक्ष

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको