पूर्वअर्थमन्त्रीको निधन

काठमाडौं – भारतका पूर्ववित्तमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ ।

६७ वर्षीय जेट्लीको उपचारकाक्रममा नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा शनिबार दिउँसो निधन भएको हो ।

जेट्लीलाई श्वास फेर्न गाह्रो हुनुका साथै मुटुको चालमा समस्या देखिएपछि दुई साताअघि अस्पताल भर्ना गरिएको थियो ।

जेट्लीको सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा जेट्लीले अर्थमन्त्रीकारुपमा ‘नोटबन्दी’ र ‘जीएसटी’जस्ता महत्वपूर्ण निर्णयमा उनलाई साथ दिएका थिए ।

वकालतबाट राजनीतिमा आएका जेट्लीले सन् १९९१ मा भाजपाबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।

उनी सन् १९९९ मा अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पहिलोपटक सूचना तथा प्रसारण राज्यमन्त्री बनेका थिए ।

जेट्ली स्वास्थ्यकै कारण मोदीको दोस्रो कार्यकालमा भने मन्त्री बनेनन् । (एजेन्सी)

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको