पूर्वअर्थमन्त्रीको निधन

काठमाडौं – भारतका पूर्ववित्तमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ ।

६७ वर्षीय जेट्लीको उपचारकाक्रममा नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा शनिबार दिउँसो निधन भएको हो ।

जेट्लीलाई श्वास फेर्न गाह्रो हुनुका साथै मुटुको चालमा समस्या देखिएपछि दुई साताअघि अस्पताल भर्ना गरिएको थियो ।

जेट्लीको सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा जेट्लीले अर्थमन्त्रीकारुपमा ‘नोटबन्दी’ र ‘जीएसटी’जस्ता महत्वपूर्ण निर्णयमा उनलाई साथ दिएका थिए ।

वकालतबाट राजनीतिमा आएका जेट्लीले सन् १९९१ मा भाजपाबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।

उनी सन् १९९९ मा अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पहिलोपटक सूचना तथा प्रसारण राज्यमन्त्री बनेका थिए ।

जेट्ली स्वास्थ्यकै कारण मोदीको दोस्रो कार्यकालमा भने मन्त्री बनेनन् । (एजेन्सी)

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको