संविधान बन्न नदिन विभिन्न शक्ति केन्द्रले दबाब दिएको खुलासा

काठमाडौं : संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा भंग गर्न र संविधान बन्न नदिन विभिन्न शक्ति केन्द्रले दबाब दिएको खुलासा गरेका छन्।

संविधानसभा सदस्य एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले लेखेको ‘ संविधान निर्माण : घटना र अनुभूति’ नामक पुस्तकको वमोचन गर्दै नेम्वाङले यस्तो बताएका हुन्।

‘त्यतिखेर संविधान नबनोस भन्नेको अनुहार झल्झली सम्झन्छु। तर नाम बिर्से,’ नेम्वाङले भने, ‘जनताका उपलब्धि समाप्त होस भनेर अहिले पनि केही शक्तिहरु लागेका छन्। उनिहरुको सपना पुरा हुँदैन।’

जनताको बलमा संविधान बनेको भन्दै नेम्वाङले जनता बलियो भएका बेला कसैको पनि केही नचल्ने बताए। संविधानमा कुनै पनि त्रुटि नरहेको नेम्वाङले दाबी गरे।

राष्ट्रियसभा सांसद राधेश्याम अधिकारीले सत्तामा बस्नेहरुकै गतिविधिका कारण उपलब्धि गुम्ने अवस्था रहेको बताए। ‘संविधान बहिस्कार गर्नेहरुलाई गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्म निरपेक्षता चाहिएको हो वा होइन ?’ अधिकारीले प्रश्न गरे।

नेकपा सांसद प्रेम आलेले जातीयता र साप्रदायिक संकिर्णता भन्दामाथि उठेर संविधान जारी हुनु नै मुलुकका लागि सुखद क्षण भएको बताए। ‘केही दलले भने जस्तै जातीयताका आधारमा राज्य बनेका भए आज देश कुन अवस्थामा पुग्थ्यो ?’ आलेले भने,‘हाम्रो समाजलाई विभाजित गरेर खेलमैदान बनाउन खोज्नेका सपना चकनाचुर भएका छन्।’

बार एसोसियनसका पूर्वअध्यक्ष शम्भु थापाले सत्तामा बस्नेकै कारण गणतन्त्रमा धमिला लाग्ने खतरा देखिएको भन्दै सचेत हुन आग्रह गरे। संविधानसभाबाट संविधान बन्ने क्रममा रहेका तितामिठा घटना र दस्तावेज संकलन गरेर पुस्तकलाई संग्रणीय सामग्री बनाएको लेखक सिंहले जानकारी दिए। पुस्तक पूर्वराष्ट्रपति डा. रामवरण यादव र संविधानसभाका सभामुख सुवास नेम्वाङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको