संविधान बन्न नदिन विभिन्न शक्ति केन्द्रले दबाब दिएको खुलासा

काठमाडौं : संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा भंग गर्न र संविधान बन्न नदिन विभिन्न शक्ति केन्द्रले दबाब दिएको खुलासा गरेका छन्।

संविधानसभा सदस्य एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले लेखेको ‘ संविधान निर्माण : घटना र अनुभूति’ नामक पुस्तकको वमोचन गर्दै नेम्वाङले यस्तो बताएका हुन्।

‘त्यतिखेर संविधान नबनोस भन्नेको अनुहार झल्झली सम्झन्छु। तर नाम बिर्से,’ नेम्वाङले भने, ‘जनताका उपलब्धि समाप्त होस भनेर अहिले पनि केही शक्तिहरु लागेका छन्। उनिहरुको सपना पुरा हुँदैन।’

जनताको बलमा संविधान बनेको भन्दै नेम्वाङले जनता बलियो भएका बेला कसैको पनि केही नचल्ने बताए। संविधानमा कुनै पनि त्रुटि नरहेको नेम्वाङले दाबी गरे।

राष्ट्रियसभा सांसद राधेश्याम अधिकारीले सत्तामा बस्नेहरुकै गतिविधिका कारण उपलब्धि गुम्ने अवस्था रहेको बताए। ‘संविधान बहिस्कार गर्नेहरुलाई गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्म निरपेक्षता चाहिएको हो वा होइन ?’ अधिकारीले प्रश्न गरे।

नेकपा सांसद प्रेम आलेले जातीयता र साप्रदायिक संकिर्णता भन्दामाथि उठेर संविधान जारी हुनु नै मुलुकका लागि सुखद क्षण भएको बताए। ‘केही दलले भने जस्तै जातीयताका आधारमा राज्य बनेका भए आज देश कुन अवस्थामा पुग्थ्यो ?’ आलेले भने,‘हाम्रो समाजलाई विभाजित गरेर खेलमैदान बनाउन खोज्नेका सपना चकनाचुर भएका छन्।’

बार एसोसियनसका पूर्वअध्यक्ष शम्भु थापाले सत्तामा बस्नेकै कारण गणतन्त्रमा धमिला लाग्ने खतरा देखिएको भन्दै सचेत हुन आग्रह गरे। संविधानसभाबाट संविधान बन्ने क्रममा रहेका तितामिठा घटना र दस्तावेज संकलन गरेर पुस्तकलाई संग्रणीय सामग्री बनाएको लेखक सिंहले जानकारी दिए। पुस्तक पूर्वराष्ट्रपति डा. रामवरण यादव र संविधानसभाका सभामुख सुवास नेम्वाङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको