यस्तो छ आगामी ३ दिनको मौसम : भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तरतर्फ रहेको जनाएको छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली रहेको महाशाखाले जनाएको छ ।

हाल देशका मध्य भू–भाग र पश्चिमी भू–भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ ।

आगमी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले पश्चिमी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै उक्त अवधिमा देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आइतबार दिउँसो पश्चिमी, मध्य र पूर्वी भू–भागमा बदली भइ केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको र पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पश्चिमी, मध्य तथा पूर्वी भू–भागमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने एवं पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना छ । त्यस्तै पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको रहेको महाशाखाको भनाइ छ ।

सोमबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार दिउँसो देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पश्चिमी भू–भागका केहीस्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको