यस्तो छ आगामी ३ दिनको मौसम : भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तरतर्फ रहेको जनाएको छ । साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली रहेको महाशाखाले जनाएको छ ।

हाल देशका मध्य भू–भाग र पश्चिमी भू–भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ ।

आगमी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले पश्चिमी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै उक्त अवधिमा देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आइतबार दिउँसो पश्चिमी, मध्य र पूर्वी भू–भागमा बदली भइ केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको र पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पश्चिमी, मध्य तथा पूर्वी भू–भागमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने एवं पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना छ । त्यस्तै पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको रहेको महाशाखाको भनाइ छ ।

सोमबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार दिउँसो देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पश्चिमी भू–भागका केहीस्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको