काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज दिउँसो ३:३० बजे सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ।
