काठमाडौं – बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ ।
सट्टामा अब ‘अविवाहित’ लेख्नुपर्ने भएको छ । यसअघि वैवाहिक प्रमाणपत्रमा महिलाका हकमा ‘भर्जिन’ (कुमारी), बिधवा वा पारपाचुकेमध्ये एउटामा चिन्ह लगाउनुपथ्र्यो ।
विधवा र पारपाचुके भने कायम राखिएको छ । अदालतले ‘भर्जिन’ शब्दलाई अपमानजनक र विभेदकारीसमेत भनेको छ ।
यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर गरेको छ । यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए । बंगलादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकले यो समाचार प्रकाशित गरेको छ ।