समाज सेवाकाे नाममा धर्म प्रचार र राजनिती गर्न पाइदैन : प्रजिअ केसि

रामेछाप –
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसिले गैर सरकारी संघ संस्थाहरूलाई समाज सेवाको नाममा धर्म प्रचार र राजनिती नगर्न अनुराेध गर्नुभएकाे छ ।

बुधबार जिल्ला प्रशासनमा भएकाे गैससहरुकाे कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा सहभागीहरुले गैससहरुले धर्म प्रचार गर्ने गरेकाे र राजनिती गर्ने माध्यम बनाएकाे गुनासाे गरेपछि प्रजिअ केसिले गैससहरुलाइ धर्म प्ररचार र राजनिती नगर्न अाग्रह गर्नुहुदै संस्थाकाे कार्यक्रम र बजेट सार्वजनिक गर्न र कार्यक्षेत्र छुट्याएर कार्यक्रम गर्न समेत अाग्रह गर्नुभयाे । जिल्ला प्रशासन कार्यालय रामेछापले अायाेजना गरेकाे जिल्लामा क्रियाशील गैरसरकारी संघ संस्थाहरुकाे अार्थिक २०७५/७६ काे कार्यक्रमकाे बजेट सार्वजनिक कार्यक्रममा प्रजिअ केसिले यस्ताे बताउनु भएकाे हाे ।
त्यसैगरि कार्यक्रमका प्रमुख अतिथि नेकपाका जिल्ला ईन्चार्ज तथा पुर्व सांसद देव शंखर पाैडेलले नेपालकाे विकासक्रममा गैससहरुकाे महत्वपूर्ण भुमिका रहेकाे बतनउनु भयाे । तीन तहकाे सरकारकाे संरचना रहेकाे र गैससहरुले पनि सरकारकाे लक्ष्य पूरा गर्न सगाउने हुदा कार्यक्रमकाे उद्देश्य र कार्यक्षेत्र अनुसार सम्बन्धित सरकारकाे अंगहरुसग समन्वय गरेर अगि बढ्नुपर्ने बताउनु भयाे ।
जिल्लामा क्रियाशील संघ संस्थाहरु मध्ये ५० लाख भन्दामाथिकाे कार्यक्रम गर्ने संस्थाहरुकाे बजेट तथा कार्यक्रम सार्वजनिक गरिएकाे हाे । जिल्ला प्रशासनमा १२ सय हाराहारीमा संस्था दर्ता भएकाे भएतापनि केही संस्थाहरु मात्र क्रियाशिल रहेकाे र त्यसमा पनि बार्षिक ५० लाख भन्दा बढिकाे कार्यक्रम गरिरहेकाे जिल्लाका ६ वटा संस्थाकाे कार्यक्रम तथा बजेट सार्वजनिक गरेकाे हाे ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको