यसरी तानियो रातो मत्स्येन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौँ –  ललितपुरमा रातो मत्स्येन्द्रनाथ जात्राको रथ मापदण्ड पूरा गर्दै तानिएको छ । शनिबार ललितपुरको पुल्चोकबाट कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको हो  । करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीं विसर्जन गर्ने तयारी गरिएको छ ।

कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतिकात्मक रुपमा रथ तानिएको हो  ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन । ढिला गरी भएको रथयात्राको क्रममा स्थानीय प्रशासन र स्थानीयबीच झडप समेत भएको थियो । तर यो वर्ष समयमा नै सरोकारवाला पक्षसँगको छलफलपछि रथयात्राको मिति तय भएकोले कुनै समस्या भने आएन ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दूरी कायम गरिएको छ । कोरोना संक्रमणको जोखिमले रथलाई पुरा शहर नघुमाइ पुल्चोक रथ बनाएको स्थाबाट उत्तर तर्फ रहेको सोह्रखुट्टेपाटी सम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरिने छ ।

फोटो- अजय लेन्सम्यान/अन्नपूर्ण टाइम्स 

 

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको