ललितपुर महानगरभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने भएको छ।
महानगरले सोमबार सूचना निकालेर वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने बताएको हो।
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सकिन्छ।
पहिलो डोज खोप लगाएकाहरूले खोप कार्ड लिएर जानुपर्नेछ।
हेर्नुस् कहाँ-कहाँ छ खोप केन्द्र: