नेकपा एमालेको स्थायी समिति बैठकले कोभिड १९ विरुद्धको लडाई जित्न तीनै तहको सरकारलाई एकीकृत रुपमा परिचालन गर्न सुझाव दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ रोकथामका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका थिए ।
त्यस्तै बैठकले नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उमेदवार रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना गरेको छ ।
हेर्नुहोस् यस्तो छ प्रेस वक्तव्य