रामेछाप – रामेछाप जिल्लामा रहेर समाज सेवामा सक्रिय दुई अभियान्तालाई शनिबार मन्थलीमा आयोजित एक कार्यक्रममा सम्मानित गरीएको छ । सम्मानित हुनेमा कान्तिपुर दैनिकका उप–सम्पादक टीकाप्रसाद भट्ट र महिला अधिकारकर्मी अप्सरा कार्की रहनु भएको छ ।
रामेछापको भृगेश्वर सेवा समाजले उनिहरुलाई सम्मानीत गरेको हो । मोफसलमा रहेर २०४८ साल देखि अविछिन्न पत्रकारीताको क्षेत्रबाट जिल्लाको विकास निर्माण, कला साहित्य र पर्यटनको विकासका लागि खेलेको भूमिकाको उच्च कदर गर्दै बरिष्ठ पत्रका र तथा कान्तिपुरका उप सम्पादक भट्टलाई सम्मान गरीएको हो । सम्मानित हुनुभएका पत्रकार भट्ट कान्तिपुर दैनिकमा रहेर २७ बर्ष देखि क्रियासिल पत्रकारीता गर्दै आउनु भएको छ ।
रामेछापमा व्यवसायीक महिला क्लब मार्फत महिला हिंसा विरुद्धको अभियान संचालन गरेकी अप्सरा कार्की अगुवा समाजसेवि हुनुहुन्छ । उहाँले रामेछाप जिल्लामा रहेर लामो समय सम्म गैरसरकारी क्षेत्रको माध्यमबाट महिलाको हक हितका लागि काम गर्दै आउनु भएको छ ।
सम्मानित दुवैलाई पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य देबशंकर पौडेलले सम्मान गर्नुभएको थियो । समाजमा उच्च योगदान गरेका अगुवा व्यक्तिहरुलाई सम्मानित गर्नुपर्ने समाजको दायित्व भएको उहाँले वताउनुभयो । त्यसैगरी जिल्लाका ८ वटै स्थानीय गाउ“÷पालिकाकाका उप प्रमुख लाई समेत सम्मानित गरीएको थियो ।
समाजका अध्यक्ष शिवसागर मगरको अध्यक्षतामा भएको उक्त तिज विशेष कार्यक्रममा जिल्लाका ख्यातिप्राप्त कलाकारहरु प्रकाश कटुवाल, कल्पना सुनुवार, कुमार कार्की लगाएतले सांगितिक प्रश्तुति रहेको थियो ।