दुई सामाजिक अभियान्ता सम्मानित

रामेछाप – रामेछाप जिल्लामा रहेर समाज सेवामा सक्रिय दुई अभियान्तालाई शनिबार मन्थलीमा आयोजित एक कार्यक्रममा सम्मानित गरीएको छ । सम्मानित हुनेमा कान्तिपुर दैनिकका उप–सम्पादक टीकाप्रसाद भट्ट र महिला अधिकारकर्मी अप्सरा कार्की रहनु भएको छ ।
रामेछापको भृगेश्वर सेवा समाजले उनिहरुलाई सम्मानीत गरेको हो । मोफसलमा रहेर २०४८ साल देखि अविछिन्न पत्रकारीताको क्षेत्रबाट जिल्लाको विकास निर्माण, कला साहित्य र पर्यटनको विकासका लागि खेलेको भूमिकाको उच्च कदर गर्दै बरिष्ठ पत्रका र तथा कान्तिपुरका उप सम्पादक भट्टलाई सम्मान गरीएको हो । सम्मानित हुनुभएका पत्रकार भट्ट कान्तिपुर दैनिकमा रहेर २७ बर्ष देखि क्रियासिल पत्रकारीता गर्दै आउनु भएको छ ।
रामेछापमा व्यवसायीक महिला क्लब मार्फत महिला हिंसा विरुद्धको अभियान संचालन गरेकी अप्सरा कार्की अगुवा समाजसेवि हुनुहुन्छ । उहाँले रामेछाप जिल्लामा रहेर लामो समय सम्म गैरसरकारी क्षेत्रको माध्यमबाट महिलाको हक हितका लागि काम गर्दै आउनु भएको छ ।
सम्मानित दुवैलाई पूर्व सांसद तथा एमाले केन्द्रीय सदस्य देबशंकर पौडेलले सम्मान गर्नुभएको थियो । समाजमा उच्च योगदान गरेका अगुवा व्यक्तिहरुलाई सम्मानित गर्नुपर्ने समाजको दायित्व भएको उहाँले वताउनुभयो । त्यसैगरी जिल्लाका ८ वटै स्थानीय गाउ“÷पालिकाकाका उप प्रमुख लाई समेत सम्मानित गरीएको थियो ।
समाजका अध्यक्ष शिवसागर मगरको अध्यक्षतामा भएको उक्त तिज विशेष कार्यक्रममा जिल्लाका ख्यातिप्राप्त कलाकारहरु प्रकाश कटुवाल, कल्पना सुनुवार, कुमार कार्की लगाएतले सांगितिक प्रश्तुति रहेको थियो ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको