मौसम : आज पनि यी स्थानहरुमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae” थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकोले आज पनि वर्षाको सम्भावना रहेको छ ।

आज बिहान देशभर सामान्य बदली भइरहेको र देशका केही स्थानहरुमा राती वर्षा समेत भएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुई​ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा सामान्यतया सफा रहनेछ ।

यता, प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा राति मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको