शक्तिशाली चक्रवातको असर : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं – पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार साँझबाट धेरै शक्तिशाली चक्रवातमा परिणत भएको छ । यसको असरस्वरुप पूर्वी नेपालबाट सुरु भएको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । यसको असरस्वरुप पानी पर्ने तथा हावाहुरी चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ठूलो हावाहुरी भने नचल्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “चक्रवातको असर शनिबारसम्म देखिने छ । आइतबारबाट कम हुँदै क्रमशः हट्दै जाने छ,” मानन्धर भन्छिन् “काठमाडौंमा गत २४ घण्टामा काठमाडौंमा ५.६ मिलिमिटर पानी परेको थियो । आज काठमाडौंमा त्योभन्दा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।” उनका अनुसार आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने छ ।

चक्रवातको असर शनिबारसम्म नेपालका भू–भागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मेघगर्जन/चट्याङ/हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् मानन्धरको आग्रह छ ।

उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यमहिमपात/वर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउने सम्भावना रहेकाले पर्वतारोहण नगर्न तथा नगराउन विभागले भनेको छ ।

सिफारिस

राजावादीहरू उग्र भएपछि काठमाडौँका यी क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँको तीनकुनेमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु आदेश...

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

धेरै पढिएको