लिखुतामाकाेशी गाउँपालिकामा निषेधाज्ञा लागू गरि काेराेना परिक्षण गर्न कांग्रेसकाे माग

रामेछाप – नयाँ भेरिएन्ट सहितकाे काेराेना भाइरस महामारीका नियन्त्रणका लागि देशैभर निषेधाज्ञा लागू गरि काेराेना संक्रमितकाे उपचार भैरहेको बेला रामेछापकाे लिखुतामाकाेशी गाउँपालिकामा भने निषेधाज्ञा नै जारी भएकाे छैन । पालिकामा आजसम्म बिना राेकावट अन्यत्रबाट आउने जाने क्रम चलिनै रहेकाे छ । यस कारण पालिकामा काेराेना संक्रमण फैलन सक्ने बलियाे सम्भावना देखिएकाे छ ।

यसै विषयलाई लिएर बिहिवार नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिकाले स्थानिय सरकारको कामको बिरोध गदै प्रेस बिज्ञप्ति जारी गरेको छ । पालिकामा कोरोना संक्रमणको कारण मानिसको ज्यान जाँदा समेत गाउँपालीका गैर जिम्मेवार रहेको र नागरिकको जीवन रक्षातर्फ स्थानिय सरकारले चासाे नराखेकाे भन्दै नेपाली कांग्रेसले गाउँपालिकाको काम कारबाही प्रति बिरोध गदै प्रेस बिज्ञप्ति जारी गरेको हो ।

नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापति योगेश्वर तिमल्सिना र सचिब दामोदर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ “गाउँपालिकामा काेराेना संक्रमण गाउँमा फैलिसकेकाे र केही मानिसकाे जान समेत गइसकेको अवस्थामा समेत स्थानिय सरकार आफ्ना नागरिकको जिउ धनको रक्षा गर्ने तर्फ कति पनि चिन्तित नभएको र पुर्णत गैर जिम्मेवार देखियकाले यस प्रति पार्टीकोे गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।” संक्रमित विमारीको पिसिआर परिक्षण गर्ने,अस्पताल सम्म पुयाउने, उपचारको पहल गर्ने जस्तो अत्यावश्यक काममा समेत स्थानिय सरकारको ध्यान नगएको भन्दै तत्काल सो कार्य गर्न विज्ञप्तिमा भनिएको छ ।

गाँउपालिका भित्रका सबै संकास्पद व्यक्तिको स्वास्थ्य परिक्षण गर्न,संक्रमितहरुको उपचार गर्न र सबै नागरिकहरुलाई अविलम्ब भ्याक्सिनको व्यवस्था गर्न समेत कांग्रेसले माग गरेको छ । पालिकामा रहेका सरकारी गाडी, एम्बुलेन्स तथा अरु सम्झौता भएका गाडीहरु कोरोना संक्रमित विरामीहरुका लागी निशुल्क संचालनमा ल्याउन समेत माग गरेको छ । साथै गाउँपालिकाको केन्द्रमा तुरुन्त अक्सिजन सहितको आइसुलेसन तयार गरी कोभिड बिरामी हरुलाई निशुल्क खान,वस्न को प्रवन्ध मिलाउन स्थानिय सरकारको ध्यानाकर्षण गराएको छ ।

बिजुलीकोटमा १५ शैयाको अस्पताल निर्माणगर्न ९ रोपनी जग्गा स्थानियबाट सहयोग भई शिलान्यास समेत भएको तर केहि व्यक्ति मिलेमतोमा अन्यन्त्र बजेट विनियोजन गरेको भन्दै बिरोध समेत जनाएको छ । यदि शिलान्यास भएको स्थान बाहेक अन्यत्र स्थानमा अस्पताल निर्माण भएमा नेपाली काँग्रेस त्यसको कडा प्रतिवाद गर्ने चेतवानी समेत दिएको छ ।

गाउँपालिकाको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्ने भएकोले तत्काल बजार बन्द गरी संकास्पद व्यक्तिहरुको कोरोना परिक्षण गरि उपचार तिर लाग्न समेत आग्रह गरेको छ । कांग्रेसले  आफ्नो मागहरु यथासिघ्र सम्बोधन नगरिएमा संघर्षका कडा कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको