रामेछाप – नयाँ भेरिएन्ट सहितकाे काेराेना भाइरस महामारीका नियन्त्रणका लागि देशैभर निषेधाज्ञा लागू गरि काेराेना संक्रमितकाे उपचार भैरहेको बेला रामेछापकाे लिखुतामाकाेशी गाउँपालिकामा भने निषेधाज्ञा नै जारी भएकाे छैन । पालिकामा आजसम्म बिना राेकावट अन्यत्रबाट आउने जाने क्रम चलिनै रहेकाे छ । यस कारण पालिकामा काेराेना संक्रमण फैलन सक्ने बलियाे सम्भावना देखिएकाे छ ।
यसै विषयलाई लिएर बिहिवार नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिकाले स्थानिय सरकारको कामको बिरोध गदै प्रेस बिज्ञप्ति जारी गरेको छ । पालिकामा कोरोना संक्रमणको कारण मानिसको ज्यान जाँदा समेत गाउँपालीका गैर जिम्मेवार रहेको र नागरिकको जीवन रक्षातर्फ स्थानिय सरकारले चासाे नराखेकाे भन्दै नेपाली कांग्रेसले गाउँपालिकाको काम कारबाही प्रति बिरोध गदै प्रेस बिज्ञप्ति जारी गरेको हो ।
नेपाली कांग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापति योगेश्वर तिमल्सिना र सचिब दामोदर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ “गाउँपालिकामा काेराेना संक्रमण गाउँमा फैलिसकेकाे र केही मानिसकाे जान समेत गइसकेको अवस्थामा समेत स्थानिय सरकार आफ्ना नागरिकको जिउ धनको रक्षा गर्ने तर्फ कति पनि चिन्तित नभएको र पुर्णत गैर जिम्मेवार देखियकाले यस प्रति पार्टीकोे गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।” संक्रमित विमारीको पिसिआर परिक्षण गर्ने,अस्पताल सम्म पुयाउने, उपचारको पहल गर्ने जस्तो अत्यावश्यक काममा समेत स्थानिय सरकारको ध्यान नगएको भन्दै तत्काल सो कार्य गर्न विज्ञप्तिमा भनिएको छ ।
गाँउपालिका भित्रका सबै संकास्पद व्यक्तिको स्वास्थ्य परिक्षण गर्न,संक्रमितहरुको उपचार गर्न र सबै नागरिकहरुलाई अविलम्ब भ्याक्सिनको व्यवस्था गर्न समेत कांग्रेसले माग गरेको छ । पालिकामा रहेका सरकारी गाडी, एम्बुलेन्स तथा अरु सम्झौता भएका गाडीहरु कोरोना संक्रमित विरामीहरुका लागी निशुल्क संचालनमा ल्याउन समेत माग गरेको छ । साथै गाउँपालिकाको केन्द्रमा तुरुन्त अक्सिजन सहितको आइसुलेसन तयार गरी कोभिड बिरामी हरुलाई निशुल्क खान,वस्न को प्रवन्ध मिलाउन स्थानिय सरकारको ध्यानाकर्षण गराएको छ ।
बिजुलीकोटमा १५ शैयाको अस्पताल निर्माणगर्न ९ रोपनी जग्गा स्थानियबाट सहयोग भई शिलान्यास समेत भएको तर केहि व्यक्ति मिलेमतोमा अन्यन्त्र बजेट विनियोजन गरेको भन्दै बिरोध समेत जनाएको छ । यदि शिलान्यास भएको स्थान बाहेक अन्यत्र स्थानमा अस्पताल निर्माण भएमा नेपाली काँग्रेस त्यसको कडा प्रतिवाद गर्ने चेतवानी समेत दिएको छ ।
गाउँपालिकाको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्ने भएकोले तत्काल बजार बन्द गरी संकास्पद व्यक्तिहरुको कोरोना परिक्षण गरि उपचार तिर लाग्न समेत आग्रह गरेको छ । कांग्रेसले आफ्नो मागहरु यथासिघ्र सम्बोधन नगरिएमा संघर्षका कडा कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
