पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव

काठमाडौं – पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै नेकपाका १४ जना सांसदले पत्रकारलाई प्रवेश परीक्षाको व्यवस्था थप गर्न प्रस्ताव दर्ता गरेका हुन् ।

विधेयकको दफा १५ पछि २३ सम्म थप्दै परीक्षाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित दफा १६ मा वर्षको दुईपल्ट पत्रकार व्यवसायी परीक्षा हुने भनिएको छ । परीक्षामा लिखित तथा मौखिक प्रश्न सोधिनेछन् । मौखिकको पूर्णांक लिखितको १० प्रतिशत प्रस्ताव गरिएको छ । उपदफा २ मा विज्ञहरू समावेश भएको तीन सदस्यीय परीक्षा व्यवसायी समिति गठन गर्न सुझाइएको छ । जसले पत्रकारिता गर्नेका लागि लाइसेन्स परीक्षा लिनेछ ।

लाइसेन्स परीक्षा दिन कम्तीमा स्नातकसम्मको अध्ययन हुनुपर्नेछ । पत्रकारका रूपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधि भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै, पत्रकारिता व्यवसायी परीक्षा उत्तीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख छ ।

प्रेस प्रतिनिधि भई काम गर्न पत्रकारितामा कक्षा १२ उत्तीर्ण गरेको वा अन्य विषयमा स्नातक गरेको हुनुपर्नेछ । यसैगरी, पत्रकार वरिष्ठ हुने मापदण्ड पनि प्रस्तावमा राखिएको छ । निरन्तर १५ वर्ष पत्रकारिता गरेको पत्रकारले मिडिया काउन्सिल बोर्डको सिफारिसमा सूचना सञ्चार तथा प्रविधि मन्त्रालयबाट वरिष्ठ पत्रकारको उपाधि पाउनेछन् । राजधानी दैनिकमा खबर छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको