आजको मौसम : देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको जानकारी दिएको छ । साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा एउटा निम्न चापीय प्रणाली बनेको पनि महाशाखाले जनाएको छ ।

हाल देशभर बदली भइ पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टाको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । त्यस्तै पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमान छ ।

आगामी तीन दिनको मौसम सम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले मंगलबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । त्यस्तै पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

मंगलबार राति देशका अधिकांस स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । बुधबार राति अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने एवं राति केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार राति पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको