मन्थलीमा अत्याधुनिक कवर्डहल बन्दै

रामेछाप – रामेछापको मन्थलीमा बहुउद्देश्यीय  अत्याधुनिक कवर्डहल निर्माणकाे काम सुरु भएकाे छ ।

मन्थलीमा निर्माण हुने बहुद्धेश्यीय अत्याधुनिक कवर्डहलको मंगलबार  प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सिलन्यास गर्नुभएको छ ।
मन्थली नगरपालिका २ को भुत्याहाखोला नजिक निर्माण हुने उक्त कवर्डहल २ बर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्य लिइएको छ । योजनाको विस्तृत परियोजना प्रतिवेदन बमोजिम उक्त कवर्डल निर्माणका लागि करीव १३ करोड १३ लाख ९० हजार रुयैंया खर्च लाग्ने अनुमान गरिएकाे छ । उक्त   कवर्डहलमा सबै खालेे खेलकुद   प्रतियोगिताका साथै धार्मिक, सांस्कृतिक र राजनीतिक सभाका लागि समेत उपयुक्त हुने गरी डिजाईन गरीएको छ । सो कवर्डहलमा करिव १ हजार २ सय जना अटाउन सक्ने क्षमता छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्काको अध्यक्षतामा भएको उक्त कवर्डहल सिलन्यास कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले प्रदेश सरकार र यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले ठुला विकास निर्माणका कार्यमा ध्यान दिएको वताउनुभयो । उहाँले खेल मैदान र कबर्डहल, शितभण्डार गृह, कालोपत्रे सडक, विद्यालयमा नर्स कार्यक्रम, स्थानीय सरकारका लागि कानुनी सहजकर्ता, सामुदायिक विद्यालयहरुलाई अनुदान लगाएतका काममा प्रदेश सरकारले काम गरेको वताउनु भयो । उहाँले विकास निर्माणका काम गुणस्तरयुक्त वनाउन र सवैले त्यस बारेमा जानकारी पाउने गरी पारदर्सिता कायम गराउनका लागि निर्देशन दिनुभयो । कार्यक्रममा  मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले समेत मन्तव्य राखनु भएकाे थियाे । सार्वजनिक निर्माण कार्यालय धुलिखेल मार्फत निर्माण हुने उक्त कवर्डहलको ठेक्का फाईटस्टार एण्ड स्टार्ट कम्पनीले पाएको छ । कवर्डहलको जग खन्ने काम सम्पन्न भइसकेको छ । यसै बर्ष प्रदेश सरकारको बजेटबाट सानीमदौंमा प्यारापिट सहितको रंगशालको निमाृण समेत हुने भएको छ ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको