मन्थलीमा अत्याधुनिक कवर्डहल बन्दै

रामेछाप – रामेछापको मन्थलीमा बहुउद्देश्यीय  अत्याधुनिक कवर्डहल निर्माणकाे काम सुरु भएकाे छ ।

मन्थलीमा निर्माण हुने बहुद्धेश्यीय अत्याधुनिक कवर्डहलको मंगलबार  प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सिलन्यास गर्नुभएको छ ।
मन्थली नगरपालिका २ को भुत्याहाखोला नजिक निर्माण हुने उक्त कवर्डहल २ बर्ष भित्र निर्माण पुरा गर्ने लक्ष्य लिइएको छ । योजनाको विस्तृत परियोजना प्रतिवेदन बमोजिम उक्त कवर्डल निर्माणका लागि करीव १३ करोड १३ लाख ९० हजार रुयैंया खर्च लाग्ने अनुमान गरिएकाे छ । उक्त   कवर्डहलमा सबै खालेे खेलकुद   प्रतियोगिताका साथै धार्मिक, सांस्कृतिक र राजनीतिक सभाका लागि समेत उपयुक्त हुने गरी डिजाईन गरीएको छ । सो कवर्डहलमा करिव १ हजार २ सय जना अटाउन सक्ने क्षमता छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्काको अध्यक्षतामा भएको उक्त कवर्डहल सिलन्यास कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले प्रदेश सरकार र यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले ठुला विकास निर्माणका कार्यमा ध्यान दिएको वताउनुभयो । उहाँले खेल मैदान र कबर्डहल, शितभण्डार गृह, कालोपत्रे सडक, विद्यालयमा नर्स कार्यक्रम, स्थानीय सरकारका लागि कानुनी सहजकर्ता, सामुदायिक विद्यालयहरुलाई अनुदान लगाएतका काममा प्रदेश सरकारले काम गरेको वताउनु भयो । उहाँले विकास निर्माणका काम गुणस्तरयुक्त वनाउन र सवैले त्यस बारेमा जानकारी पाउने गरी पारदर्सिता कायम गराउनका लागि निर्देशन दिनुभयो । कार्यक्रममा  मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले समेत मन्तव्य राखनु भएकाे थियाे । सार्वजनिक निर्माण कार्यालय धुलिखेल मार्फत निर्माण हुने उक्त कवर्डहलको ठेक्का फाईटस्टार एण्ड स्टार्ट कम्पनीले पाएको छ । कवर्डहलको जग खन्ने काम सम्पन्न भइसकेको छ । यसै बर्ष प्रदेश सरकारको बजेटबाट सानीमदौंमा प्यारापिट सहितको रंगशालको निमाृण समेत हुने भएको छ ।

सिफारिस

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा लाग्ने हटिया (हाट बजार) स्थानीय उत्पादनहरू सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। प्रत्येक...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

धेरै पढिएको