पश्चिमी वायुको प्रभाव कायमै, यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौँ- मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षा भएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ ।

सोही प्रभावले प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती पदेशमा आज दिउँसो र राति पनि मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ १८ गते मंगलबार

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

राति : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एक दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का सम्भावना रहेको छ ।

२०७८ जेठ १९ गते बुधबार

दिउँसो : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ २० गते बिहीबार

दिउँसो: प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का केही स्थानहरु र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: प्रदेश १ मा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको