बालुवाटार जग्गा प्रकरण : अख्तियारले ५८ जनालाई बयानका लागि बोलायो, को- को परे ? [नामसहित]

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ५८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो। अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ।

बयानका लागि कामना गुरुङ, मनोजकुमार केडिया, सिपिका खेतान, कल्पना तुलाधरलगायत गरी ५८ जनालाई बोलाइएको हो।

पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले डा शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीलाई ‘भूमाफिया’ नै किटान गरी प्रतिवेदन सार्वजनिक गरेको थियो। सो प्रतिवेदन सार्वजनिक भएपछि ललिता निवासको सरकारी जग्गा अनियमितताका बारे अख्तियारले छानबिन थालेको थियो।

यसअघि पनि अख्तियारले २ पटकसम्म सार्वजनिक सूचना प्रकाशन गरी अनियमिततामा मुछिएकाहरुलाई बयानका लागि बोलाएको थियो। अख्तियारले गत असार ११ र १२ मा सूचना प्रकाशित गर्दै ८९ जनालाई बयानका लागि डाकेको थियो।

असार ११ मा प्रकाशित सूचनामा ‘भू-माफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवारका सदस्यलाई बयानका लागि बोलाइएको थियो। बयानका लागि बोलाइनेमा भाटभटेनी डिमार्टमेन्टल स्टोर्सका सञ्चालक मीनबहादुर गुरुङका पुत्र कल्याण गुरुङसहित ८६ जना ‘मोही कायम गरिएकाहरु’ थिए।

सोको एक दिनपछि असार १२ मा अख्तियारले अर्को सूचना निकाल्दै ‘भू-माफिया’ ढकाल र सुवेदीसहित हुपेन्द्रमणि केसीको नामसमेत प्रकाशित गरेको थियो।

‘भ्रष्टाचार निवारण ऐन, २०५९’ दफा ४३ का आधारमा बयानका लागि बोलाइएको हो। बयानका लागि बोलाइएका अधिकांश व्यक्तिहरुले ललिता निवासको मोही भनी दाबी गर्दै आएका थिए।

अख्यितारले ५८ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरी सूचना जारी गरेको छ।

यस्तो छ नामावलीः

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको