अफगानिस्तानको काबुलमा सोमबार राति भएको बम बिस्फोटमा दुई जना नेपाली समेत मृत्यु भएको छ ।

आत्मघाती बिस्फोटमा १६ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन् । समाचार एजेन्सी एपीका अनुसार मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षामा खटिएका थिए ।

मृत्यु हुनेमा १२ जना अफगानी र दुई जना अर्को देशका सुरक्षागार्ड छन् । घाइते हुनेमा भने कोही नेपाली परेका छैनन् । बाहिरी पोष्टमा बम बिस्फोट गराएर चार÷पाँच जना आतंकवादी भित्र पसेर अन्धाधुन्ध गोली चलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here