सरकारविरुद्ध कडा आन्दोलनमा जाने काँग्रेसको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसले बुधबार पार्टी केन्द्रिय कार्य समितिले गरेको १७ बूँदे निर्णय सार्वजनिक गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले दुई तिहाईको बलमा लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था र जनसरोकारको विषयमा गम्भिर गल्ती गरेको दावी गर्दै तत्काल नसच्चिए सदन र सडक दुवैतर्फबाट आन्दोलनमा जान बाध्य हुने निर्णय लिइएको स्पष्ट पारे ।

कांग्रेसले सरकारविरुद्धको आन्दोलनलाई सशक्त बनाउन आगामी भाद्र २४ गतेदेखि १५ दिने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ । दोस्रो चरणको राष्ट्रिय जागरण अभियान गाउँगाउँमा संचालन गरेर सरकारविरुद्धको पार्टीको आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम रहेको सहमहामन्त्री डा. महतले बताए ।

नेपाली कांग्रेसले संविधानको मर्म र भावना विपरित एउटै दलको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल हटाउन पनि सरकारसँग माग गरेको छ । त्यसैगरी लोकतान्त्रिक पद्धति, राष्ट्रिय सुरक्षा र गोपनियतासँग जोडिएको मन्त्री परिषद बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट गरेको दावी गर्दै त्यसप्रति पनि आपत्ति जनाउँदै त्यस्ता अबाञ्छित कार्य आगामी नदिन नदोहो¥याउन पनि सरकारलाई सचेत गराइएको सहमहामन्त्री महतले बताए ।

नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यकालमा भएका वाईडबडी विमान काण्ड, चिनी काण्ड, सुन काण्ड, मेलम्ची काण्ड, एनसेल कर काण्डको छानविन कार्यलाई उच्च प्राथमिकतामा दिई दोषी उपर कडा कार्वाही हुने गरी छानविन गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सहमहामन्त्री महतले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम कानुन सम्मत ढंगले अघि बढाउन नसकेकोमा समेत आपत्ति जनाए ।

यसैबीच, नेपाली कांग्रेसले म्याद सकिएका भातृ संगठनहरुको ६ महिना म्याद थपी अधिवेशन सम्पन्न गरेर नयाँ केन्द्रिय कार्य समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी विदेशस्थित पार्टीको जनसम्पर्क समितिहरुको पनि म्याद ६ महिना थप गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले संघीयता अनुकूलको पार्टीको विधान पारित गरी संगठन निर्माणको कामलाई अघि बढाइएको जनाएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको