जापान सरकारले बीपी राजमार्ग डबल लेनमा विस्तार गर्दै

सिन्धुली : झण्डै दुई दशक लगाएर निर्माण सम्पन्न बनेपा-सिन्धुली-बर्दिवास (बीपी) राजमार्गलाई डबल लेनमा विस्तार गरिने भएको छ। जापान सरकारको आर्थिक सहयोगमा उक्त राजमार्गको मुलकोट-धुलिखेल खण्डको ७० किलोमिटर र चियाबारी-बर्दिवास खण्डअन्तर्गत ४४ किलोमिटर डबल लेनमा विस्तार गर्न लागिएको हो।

पाँच वर्षअघि निर्माण सकिएको राजमार्गको दुरी महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म १ सय ६० किलोमिटर छ। सिन्धुलीको चियाबारी-खुर्कोट खण्डको ३० किलोमिटर खण्डमा भने जापान सरकारकै पहलमा चियाबारी-खुर्कोट सुरुङमार्ग तयार पारिने सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले जनाकारी दिए।

सडक विस्तारका लागि यसै वर्षभित्र सुरुङ मार्गसहितको आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न गर्ने गरी काम थालिएको छ। ‘मित्र राष्ट्र जापानकै अनुदानमा पाँच वर्षअघि निर्माण सम्पन्न भएको बीपी राजमार्ग साँघुरो र २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि जापान सरकारलेनै त्यसको मर्मत तथा विस्तारमा चासो देखाएपछि डीपीआर तयारी थालेका छौं’, उनले भने, ‘डबल लेन र सुरुङ मार्गसहितको डीपीआर तयार पारेर काम अघि बढाउँछौं।’

जापान सरकारले यसअघि बीपी राजमार्ग मर्मतका लागि पाँच अर्ब रुपैयाँ अनुदान दिएर काम थालिसकेको छ। चियाबारी-खुर्कोट सुरुङ मार्गलाई भने नेपाल सरकारले नै राष्ट्रिय गौरबको आयोजना भित्र राखेर बजेट विनियोजन गरेको छ। पूर्वी तथा मध्य तराईबाट काठमाडौं भित्रने र बाहिरिने कम दुरीको बीपी राजमार्ग साँघुरो हुँदा सावारी आवतजावतमा निक्कै कठिनाइ हुँदै आएको छ। ‘साँघुरो सडकका कारण दुर्घटना समेत बढेपछि जापान सरकारलेनै यो सडकको स्तरोन्नतिका लागि चासो देखाएपछि सरकारले डबल लेनसहितको निर्माणका लागि थालेको हो। यसका लागि जापानी प्राविधिकले अध्ययन गरिरहेका छन्’, आयोजना प्रमुख भाटले भने।

बीपी राजमार्ग निर्माणका क्रममा सरकारले सडकका लागि स्थानीय व्यक्तिसँग अधिग्रहण गरेको जग्गा समेत खाली गराउन थालिएको छ। बीपी राजगर्माको दायाँबायाँ स्थानीयले बनाएका घर तथा टहरा भत्काएर बर्दीबासदेखि धुलिखेलसम्म सडक विस्तारका लागि समेत काम थालिएको छ।

नेपालमै पहिलो पटक ‘जिओटेक’ प्रविधिमा निर्माण गरिएको उक्त राजमार्गमा २०७२ को भूकम्पपछि १० टन भन्दा बढी भारवहन क्षमताका सवारी साधन र २९ सिटभन्दा लामा बस सञ्चालन गर्दा सडकमा क्षति पुग्नुका साथै सडक दुर्घटना बढ्ने भन्दै रोक लगाइएको थियो। सडक विस्तार तथा सुरुङमार्ग निर्माणको विकल्प खोजिँदै आएको छ।

२५ अर्ब रुपैयाँ भन्दाबढीको लागतमा २०५२ बाट निर्माण थालिएको बीपी राजमार्ग पाँच वर्षअघि निर्माण सम्पन्न भइ दैनिक ६ हजारबढी सावारी साधन सञ्चालन हुँदै आएको छ। तर, साँघुरो र घुम्ती धेरै हुँदा दैनिक जसो दुर्घटना हुने गरेको छ। २०७२ को भूकम्प र गत असारमा आएको बाढी र पहिरोले बीपी राजमार्गको तीन दर्जनबढी क्षेत्रमा क्षति पुगेको थियो।

मध्य पहाडी जिल्लाकै विकासको मुख्य ढोका खोलेको मध्यपहाडी लोकमार्ग समेत बीपी राजमार्गको खुर्कोटमा जोडिएको छ। यो राजमार्गमा ठूला तथा साना सवारी साधनको चाप दैनिक बढ्दै गएको छ।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको