जापान सरकारले बीपी राजमार्ग डबल लेनमा विस्तार गर्दै

सिन्धुली : झण्डै दुई दशक लगाएर निर्माण सम्पन्न बनेपा-सिन्धुली-बर्दिवास (बीपी) राजमार्गलाई डबल लेनमा विस्तार गरिने भएको छ। जापान सरकारको आर्थिक सहयोगमा उक्त राजमार्गको मुलकोट-धुलिखेल खण्डको ७० किलोमिटर र चियाबारी-बर्दिवास खण्डअन्तर्गत ४४ किलोमिटर डबल लेनमा विस्तार गर्न लागिएको हो।

पाँच वर्षअघि निर्माण सकिएको राजमार्गको दुरी महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म १ सय ६० किलोमिटर छ। सिन्धुलीको चियाबारी-खुर्कोट खण्डको ३० किलोमिटर खण्डमा भने जापान सरकारकै पहलमा चियाबारी-खुर्कोट सुरुङमार्ग तयार पारिने सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले जनाकारी दिए।

सडक विस्तारका लागि यसै वर्षभित्र सुरुङ मार्गसहितको आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न गर्ने गरी काम थालिएको छ। ‘मित्र राष्ट्र जापानकै अनुदानमा पाँच वर्षअघि निर्माण सम्पन्न भएको बीपी राजमार्ग साँघुरो र २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि जापान सरकारलेनै त्यसको मर्मत तथा विस्तारमा चासो देखाएपछि डीपीआर तयारी थालेका छौं’, उनले भने, ‘डबल लेन र सुरुङ मार्गसहितको डीपीआर तयार पारेर काम अघि बढाउँछौं।’

जापान सरकारले यसअघि बीपी राजमार्ग मर्मतका लागि पाँच अर्ब रुपैयाँ अनुदान दिएर काम थालिसकेको छ। चियाबारी-खुर्कोट सुरुङ मार्गलाई भने नेपाल सरकारले नै राष्ट्रिय गौरबको आयोजना भित्र राखेर बजेट विनियोजन गरेको छ। पूर्वी तथा मध्य तराईबाट काठमाडौं भित्रने र बाहिरिने कम दुरीको बीपी राजमार्ग साँघुरो हुँदा सावारी आवतजावतमा निक्कै कठिनाइ हुँदै आएको छ। ‘साँघुरो सडकका कारण दुर्घटना समेत बढेपछि जापान सरकारलेनै यो सडकको स्तरोन्नतिका लागि चासो देखाएपछि सरकारले डबल लेनसहितको निर्माणका लागि थालेको हो। यसका लागि जापानी प्राविधिकले अध्ययन गरिरहेका छन्’, आयोजना प्रमुख भाटले भने।

बीपी राजमार्ग निर्माणका क्रममा सरकारले सडकका लागि स्थानीय व्यक्तिसँग अधिग्रहण गरेको जग्गा समेत खाली गराउन थालिएको छ। बीपी राजगर्माको दायाँबायाँ स्थानीयले बनाएका घर तथा टहरा भत्काएर बर्दीबासदेखि धुलिखेलसम्म सडक विस्तारका लागि समेत काम थालिएको छ।

नेपालमै पहिलो पटक ‘जिओटेक’ प्रविधिमा निर्माण गरिएको उक्त राजमार्गमा २०७२ को भूकम्पपछि १० टन भन्दा बढी भारवहन क्षमताका सवारी साधन र २९ सिटभन्दा लामा बस सञ्चालन गर्दा सडकमा क्षति पुग्नुका साथै सडक दुर्घटना बढ्ने भन्दै रोक लगाइएको थियो। सडक विस्तार तथा सुरुङमार्ग निर्माणको विकल्प खोजिँदै आएको छ।

२५ अर्ब रुपैयाँ भन्दाबढीको लागतमा २०५२ बाट निर्माण थालिएको बीपी राजमार्ग पाँच वर्षअघि निर्माण सम्पन्न भइ दैनिक ६ हजारबढी सावारी साधन सञ्चालन हुँदै आएको छ। तर, साँघुरो र घुम्ती धेरै हुँदा दैनिक जसो दुर्घटना हुने गरेको छ। २०७२ को भूकम्प र गत असारमा आएको बाढी र पहिरोले बीपी राजमार्गको तीन दर्जनबढी क्षेत्रमा क्षति पुगेको थियो।

मध्य पहाडी जिल्लाकै विकासको मुख्य ढोका खोलेको मध्यपहाडी लोकमार्ग समेत बीपी राजमार्गको खुर्कोटमा जोडिएको छ। यो राजमार्गमा ठूला तथा साना सवारी साधनको चाप दैनिक बढ्दै गएको छ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको