डेंगुको महामारी देशभर, मेवाको पातको रस उपचारका लागि निकै लाभदायक

अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी  मानिस यसबाट प्रभावित भइसकेका छन्।

डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ।

डेंगु ज्वरोको मुख्य लक्षण

एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा पर्छन्,

असाध्यै टाउको दुख्ने

आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

ढाड र जोर्नी तथा मांसापेशी दुख्ने

शरीरमा बिमिरा आउने

वाकवाकी लाग्ने

पेट दुख्ने

नाक वा गिजाबाट रगत बग्ने

रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

मेवाकाे पातकाे रसद्वारा उपचार

मेवाको पातको रसको फाइदाकोबारेमा ब्रिटिस मेडिकल जर्नलका विभिन्न जर्नलले प्रमाणित गरिसकेको छ । मेवाको पातको रस डेंगुको उपचारका लागि निकै लाभदायक मानिन्छ। यसकोे केही मात्रा सेवनले यो रोगमा धेरै फाइदा पुग्छ।

यसले ज्वरोको अवधि घटाएर सेतो रक्तकोषका साथै ‘प्लेटलेट’ बढाउँछ। प्रतिरोधात्मक शक्ति बढाउँछ। डेंगु ज्वरोसँगै एन एस १ अन्टिजिन डाइग्नोसिस भएको दिनबाटै एलोपेथिक औषधिसँगै यसकोे प्रयोग गर्न पनि सकिन्छ। मेवाको पातको रसले मात्र पनि धेरै फाइदा पुग्छ।

कसरी बनाउने?

ताजा ५० ग्राम मेवाको पात लिएर सफा पानीले पखाल्ने।

उमालेको चिसो ५० मिलिलिटर पानीमा मिलाएर मिक्सरमा पिस्ने।

डल्लो बनाएर ३० मिनेट राख्ने राख्ने

हत्केलाले निचोरेर रस निकाल्ने अनि प्रयोग गर्ने

यसलाई फ्रिजमा राख्दा २४ घण्टासम्म प्रयोग गर्न सकिन्छ।

यसको मात्रा बच्चालाई ५ देखि १० मिलिलिटर ३ पटक (खाना खानुअघि) दिनुपर्छ। वयस्क व्यक्तिले ३ पटक ३० मिलिलिटरका दरले तीनपटक लिन सक्छन्।

रोग लागेर उपचारमा लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो। डेंगुबाट बच्न यस्ता सावधानी अपनाउनु पर्छ।

डेंगुबाट बच्ने उपाय

घर वरिपरी जथाभावी पानी जम्मा हुन नदिने

घरआँगनका खाडलहरू पुर्ने

पानी राख्ने भाँडा राम्रोसँग छोपेर राख्ने

सुत्ने वेला झुल प्रयोग गर्ने

घरका झ्यालढोकामा जाली लगाउने

नरिवल, भटमास, निम वा लेभेण्डर तेल शरीरका खुला भागमा लगाउने गर्नाले पनि लामखुट्टे, उडुस र उपियाँ जस्ता किटाणुले टोक्न सक्दैनन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको