पूर्णले वृद्धा र बाल आश्रममा मनाए छोराको जन्मदिन, गरे ठूलो सहयोग

काठमाडौँ – व्यवसायी पूर्ण श्रेष्ठ र टिना श्रेष्ठले आफ्ना २ वर्षे छोराको जन्मदिनको अवसरमा विभिन्न वृद्धाश्रम र बालाश्रमलाई खाद्यान्न तथा न्यानो टोपी, कपडा वितरण गरेका छन् ।

माघ ५ गते छोरा प्रियान्स २ वर्ष पुगेको अवसरमा विभिन्न चार आश्रममा पुगेर उनीहरूले खसीको मासु, विस्कुटसहित न्यानो कपडा गरी डेढ लाख रुपैयाँ बराबरको सहयोग वितरण गरेका हुन् । सहयोग लिएर उनीहरू ४१ ज्येष्ठ नागरिक रहेको तीनकुनेको निसहाय सेवा सदन, ५५ ज्येष्ठ नागरिक रहेको गोल्फुटारको रिमा सेवा समाज, गोंगबुको हिमालय वृद्धाश्रम केन्द्र र ११ बालबालिका रहेको गोकर्णको सुनौलो पाइला बाल आश्रममा पुगेका थिए ।

‘छोराको जन्मदिन वृद्धाश्रममा सहयोग गरी मनाएर हामीले उसलाई निसहायको सेवा गर्नुपर्छ भन्ने सिकाउन पनि खोजेका हौँ, ज्येष्ठ नागरिकप्रति आफूले गर्न सक्ने कर्तव्य पनि निभाएका हौँ’, पूर्णले भने, ‘हामीले दिएको सहयोग पाएपछि ती बाआमा, केटाकेटीको अनुहारमा देखिएको खुसीले छुट्टै आनन्द दिने रहेछ ।’उनले आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने बताए ।

सहयोग बुझ्दै हिमालय वृद्धाश्रम केन्द्रक अध्यक्ष सरला पन्थीले जन्मदिनमा फजुल खर्च गर्नबाट जोगिएर आश्रमका बुबाआमालाई सहयोग गर्न आएकोमा धन्यवाद ज्ञापन गरिन् । तीनकुने, गोल्फुटार र गोकर्णको बाल आश्रमका सञ्चालकले पनि उदाहरणीय काम गरेकोमा श्रेष्ठ दम्पत्तिको तारिफ गरे । पूर्णले गोकर्णको बाल आश्रमका लागि साप्ताहिक रूपमा आवश्यक मासु सहयोग गर्ने घोषणा पनि गरे ।

पूर्ण ललितपुरको ग्वार्कोमा उदयपुरे मासु पसल चलाउँछन् । उनको पसल खासगरी मटन सुकुटीका लागि चर्चित छ । पूर्ण र टीनाका दुई छोरा छन् । २ वर्षे प्रियान्सका तीन महिने भाइ छन् ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको