पूर्णले वृद्धा र बाल आश्रममा मनाए छोराको जन्मदिन, गरे ठूलो सहयोग

काठमाडौँ – व्यवसायी पूर्ण श्रेष्ठ र टिना श्रेष्ठले आफ्ना २ वर्षे छोराको जन्मदिनको अवसरमा विभिन्न वृद्धाश्रम र बालाश्रमलाई खाद्यान्न तथा न्यानो टोपी, कपडा वितरण गरेका छन् ।

माघ ५ गते छोरा प्रियान्स २ वर्ष पुगेको अवसरमा विभिन्न चार आश्रममा पुगेर उनीहरूले खसीको मासु, विस्कुटसहित न्यानो कपडा गरी डेढ लाख रुपैयाँ बराबरको सहयोग वितरण गरेका हुन् । सहयोग लिएर उनीहरू ४१ ज्येष्ठ नागरिक रहेको तीनकुनेको निसहाय सेवा सदन, ५५ ज्येष्ठ नागरिक रहेको गोल्फुटारको रिमा सेवा समाज, गोंगबुको हिमालय वृद्धाश्रम केन्द्र र ११ बालबालिका रहेको गोकर्णको सुनौलो पाइला बाल आश्रममा पुगेका थिए ।

‘छोराको जन्मदिन वृद्धाश्रममा सहयोग गरी मनाएर हामीले उसलाई निसहायको सेवा गर्नुपर्छ भन्ने सिकाउन पनि खोजेका हौँ, ज्येष्ठ नागरिकप्रति आफूले गर्न सक्ने कर्तव्य पनि निभाएका हौँ’, पूर्णले भने, ‘हामीले दिएको सहयोग पाएपछि ती बाआमा, केटाकेटीको अनुहारमा देखिएको खुसीले छुट्टै आनन्द दिने रहेछ ।’उनले आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने बताए ।

सहयोग बुझ्दै हिमालय वृद्धाश्रम केन्द्रक अध्यक्ष सरला पन्थीले जन्मदिनमा फजुल खर्च गर्नबाट जोगिएर आश्रमका बुबाआमालाई सहयोग गर्न आएकोमा धन्यवाद ज्ञापन गरिन् । तीनकुने, गोल्फुटार र गोकर्णको बाल आश्रमका सञ्चालकले पनि उदाहरणीय काम गरेकोमा श्रेष्ठ दम्पत्तिको तारिफ गरे । पूर्णले गोकर्णको बाल आश्रमका लागि साप्ताहिक रूपमा आवश्यक मासु सहयोग गर्ने घोषणा पनि गरे ।

पूर्ण ललितपुरको ग्वार्कोमा उदयपुरे मासु पसल चलाउँछन् । उनको पसल खासगरी मटन सुकुटीका लागि चर्चित छ । पूर्ण र टीनाका दुई छोरा छन् । २ वर्षे प्रियान्सका तीन महिने भाइ छन् ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको