यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने

काठमाडौं – यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

अखिल नेपाल यातायात मजदूर संघ कलंकी–बल्खुले शनिबार आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण विषयक अन्तक्र्रियामा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात निर्माणका लागि पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताए ।

‘परिचयपत्र र पोशाक लगाएसँगै यात्रुले यातायात मजदूरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ,’ उनले भने । परिचयपत्र र पोशाक लगाएसँगै यातायात मजदूरको जिम्मेवारी बढ्ने उनको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि परिचयपत्र र पोशाकले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पोशाक र परिचयपत्रको शुरुआतसँगै यात्रुले कसलाई बसभाडा बुझाउने वा बसको सम्बन्धित व्यक्ति को हो भन्ने अन्योलता हट्ने बताए । काठमाडौं महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पोशाक र परिचयपत्रको शुरुआतसँगै सार्वजनिक बसबाट यात्रुहरु ठगिने क्रममा कमी आउने बताइन् ।

मजदूर संघका अध्यक्ष नरबहादुर रानामगरले यातायात क्षेत्रको सुधारका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

सिफारिस

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण उत्सवहरूमध्ये एक हो। यस महोत्सवमा मिथिला संस्कृतिका विभिन्न परम्परागत कलाहरू प्रदर्शन गरिएको छ ,...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ। उत्सवमा चरा तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

जनकपुरको उल्लु महोत्सवमा थरीथरीका उल्लु…(तस्वीरहरू)

जनकपुर- धुनुषाको मिथिला विहारी नगरपालिका-२ मा आजदेखि लाटोकोसेरो तथा...

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

धेरै पढिएको