चिनियाँ विदेशमन्त्री नेपाल आएर के गर्दै छन् ?

काठमाडौं – चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आइतबार साँझ करिब ६ बजे तीन दिने औपचारिक नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

विमानस्थलमा उनलाई स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत ललिामणि पैड्याल, परराष्ट्रसचिव शंकरदास बैरागी, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका हुन् ।

काठमाडौं झरेलगत्तै विदेशमन्त्री वाङ नेतृत्वको टोली होटल सोल्टी क्राउन प्लाजा पुगेको थियो । तीन दिने भ्रमणका क्रममा नेपाल आएका वाङले सोही होटलमा दुई रात विताउनेछन् ।

विमानस्थलबाट होटल पुगेका वाङलाई दूताबासका कर्मचारीले सोमबार (आज) र मंगलबारको औपचारिक तथा अनौपचारिक कार्यक्रमबारे ब्रिफिङ गरेका थिए ।

के गर्दैछन् आज ?
वाङको भ्रमण कार्यक्रमअनुसार सोमबार दिउँसो ३ बजे परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री वाङबीच दिउँसो साढे ३ बजेदेखि लगभग एक घण्टा होटल याक एन्ड यतीमा औपचारिक भेटवार्ता हुनेछ ।

परराष्टमन्त्री ज्ञवालीलाई भेटेलगत्तै चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ । उक्त भेट करिब ४५ मिनेटको हुने जनाइएको छ ।

त्यसलगत्तै वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब ४० मिनेट भेटवार्ता गर्ने जनाइएको छ ।

यसका साथै परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा सोमबार (आज) साँझ सात्रीभोजको आयोजना गरेका छन् ।

परराष्ट्रमन्त्रीस्तरीय वार्ता आर्थिक विकास र साझेदारीमा केन्द्रित हुने बताइएको छ । जसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुने पनि परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको