चिनियाँ विदेशमन्त्री नेपाल आएर के गर्दै छन् ?

काठमाडौं – चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आइतबार साँझ करिब ६ बजे तीन दिने औपचारिक नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

विमानस्थलमा उनलाई स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत ललिामणि पैड्याल, परराष्ट्रसचिव शंकरदास बैरागी, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका हुन् ।

काठमाडौं झरेलगत्तै विदेशमन्त्री वाङ नेतृत्वको टोली होटल सोल्टी क्राउन प्लाजा पुगेको थियो । तीन दिने भ्रमणका क्रममा नेपाल आएका वाङले सोही होटलमा दुई रात विताउनेछन् ।

विमानस्थलबाट होटल पुगेका वाङलाई दूताबासका कर्मचारीले सोमबार (आज) र मंगलबारको औपचारिक तथा अनौपचारिक कार्यक्रमबारे ब्रिफिङ गरेका थिए ।

के गर्दैछन् आज ?
वाङको भ्रमण कार्यक्रमअनुसार सोमबार दिउँसो ३ बजे परराष्ट्रमन्त्री ज्ञवाली र विदेशमन्त्री वाङबीच दिउँसो साढे ३ बजेदेखि लगभग एक घण्टा होटल याक एन्ड यतीमा औपचारिक भेटवार्ता हुनेछ ।

परराष्टमन्त्री ज्ञवालीलाई भेटेलगत्तै चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ । उक्त भेट करिब ४५ मिनेटको हुने जनाइएको छ ।

त्यसलगत्तै वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब ४० मिनेट भेटवार्ता गर्ने जनाइएको छ ।

यसका साथै परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा सोमबार (आज) साँझ सात्रीभोजको आयोजना गरेका छन् ।

परराष्ट्रमन्त्रीस्तरीय वार्ता आर्थिक विकास र साझेदारीमा केन्द्रित हुने बताइएको छ । जसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुने पनि परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको