फाइल तस्विर

काठमाडौं – यातायात व्यवस्था विभागले भदौको अन्तिम साता दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले भदौमै टिकट बुकिङ खोल्ने गरी तयारी गरेको जानकारी दिएका हुन् ।

उनका अनुसार यसका लागि यहि २५ गते व्यवसायीसँग छलफल भएर टुङ्गो लाग्नेछ । अग्रिम टिकट खुलाउन यातायात व्यवसायी र विभागबीच छलफल भइरहेको छ ।

यता व्यवसायीहरुले भाडा समायोजन पनि दशैँअघि नै गर्नुपर्ने माग राख्दै आएका छन् । भाडा समायोजन हुने÷नहुने विषयमा भने निष्कर्षमा पुग्न बाँकी रहेको हमालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here