वाई वाइ ग्लोकल टिन हिरोको सातौं संस्करणका लागि आवेदन खुल्ला, यसरी दिनुहोस् आवेदन

काठमाडौँ – वाई वाई  ग्लोकल टीन हीरो नेपाल, २०२१ को आवेदन खुलेको घोषणा गरिएको छ । शुक्रबार उक्त कार्यक्रमको घोषणा गरिएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उद्देश्यले ग्लोकल प्रा.ली. सो कार्यकम गर्न लागेको हो ।

आज शुक्रबार भर्चुअल माध्यमबाट ग्लोकल टीन हीरो नेपाल, २०२१ सातौं संस्करणका लागि आवेदन खुलेको घोषणा गरिएको छ । गत बर्षझै यस बर्ष पनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्न सकिने आयोजकले जनाएको छ । नेपालमा २०१५ मा सुरु भएको यस कार्यक्रमले  हालसम्म नेपालका ६ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया र श्रीलन्काबाट एकएक जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियाली राष्ट्रबिच प्रचार गर्ने लक्ष्य आयोजकले  लिएको छ ।

सेप्टेम्बर १ मा हुने यस कार्यक्रममा  शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहने छ ।

कसरी  दिने आवेदन ?

देशभरिका प्रभावशाली किशोरकिशोरीले समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्राम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावानहरुले https://nepal.glocalteenhero.com/ मार्फत नि:शुल्क आवेदन भर्न सक्ने छन ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उकृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२१ को बिजेता घोषणा गरिनेछ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको