तीन दिनको मौसम : भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको जनाएको छ । यो न्यून चापीय रेखा देशको मध्य र पूर्वी भागको उत्तरतर्फ सर्दै जाने महाशाखाले जनाएको छ । त्यस्तै उत्तरी छत्तिसगढको आसपास न्यून चापीय प्रणाली रहेको महाशाखाको भनाइ छ ।

हाल देशभर बदली भइ केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ । आगामी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले केही स्थानमा मेघ गर्जन र चट्टयाङको साथै पूर्व र मध्यका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले सोमबार (आज) दिउँसो देशभर बदली रही पूर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार सोमबार राति देशभरी बदली रही पूर्व, मध्य र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको तथा मध्य, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा मध्य, पश्चिम र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार दिउँसो देशभरी सामान्य बदली भइ केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने तथा एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार राति देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ । त्यस्तै पुर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको