कति छ प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पति ? (विवरणसहित)

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज आफ्नो सम्पत्ति विवरण नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेका छन्। सेनाका सबै रथी र अधिकृतले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानअन्तर्गत थापाले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

‘मैले आजैका मितिमा वेबसाइटमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छु, सेनाभित्र सुधार र परिवर्तन ल्याउन यो कदम चालिएको हो,’ नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै उनले भने। उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने पनि स्पष्ट पारे। ‘संगठनमा अझै केही घाउ, खटिरा हुन सक्छन्, क्यान्सर बाँकी रह्यो भने सेनालाई दुःख दिन्छ, म हिरो बन्न सुधारको प्रयास थालनी गरेको होइन, उत्तराधिकारीलाई पनि गलत बाटो हिँड्नु नपर्ने गरी बाटो बनाएर जान्छु,’ उनले भने। प्रधानसेनापति थापाले आगामी वर्ष आफू केही कठोर हुनेतर्फ पनि सजग गराएका छन्।

कति छ प्रधानसेनापतिको सम्पत्ति?

वेबसाइटमा सार्वजनिक गरिएको प्रधानसेनापतिको सम्पत्ति विवरणअनुसार उनको नाममा काठमाडौं-२६ मा ८ आना ३ पैसा २ दाम जग्गा, लमजुङको वेशीशहर नपा-४ मा पैतृक सम्पत्ति १२ रोपनी २ पैसा २ दाम, श्रीमती दीपा थापाको नाममा माइतीबाट प्राप्त कामपा-२६ मा २ आना २ दाम, पति-पत्नीको नाममा कामपा-५ मा ४ रोपनी ११ आना ४ पैसा, पति–पत्नीको नाममा नवलपरासीको कोल्हुवा ५ मा १२ आना ६ पैसा र छोरी रुरु थापाको नाममा लमजुङको वेशीशहरमा १ रोपनी १ पैसा ३ दाम जग्गा रहेका छन्।

यस्तै, १० लाख बराबरको सुन ५५ तोला, चाँदी ५९० तोला र हिराको हार र औंठी रहेको जनाइएको छ।

यस्तै, थापाको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा १६ लाख ६१ हजार ८ सय ९८।६४ रुपैयाँ, सोही बैंकमा ५ हजार ९ सय ७० डलर, ग्लोबल आइएमई बैंकमा ४२ हजार २ सय ९३ र मेघा बैंकमा ५० हजार रुपियाँ श्रीमती दीपा थापाको नाममा रहेको उल्लेख छ।

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको