कति छ प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पति ? (विवरणसहित)

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज आफ्नो सम्पत्ति विवरण नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेका छन्। सेनाका सबै रथी र अधिकृतले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानअन्तर्गत थापाले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

‘मैले आजैका मितिमा वेबसाइटमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छु, सेनाभित्र सुधार र परिवर्तन ल्याउन यो कदम चालिएको हो,’ नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै उनले भने। उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने पनि स्पष्ट पारे। ‘संगठनमा अझै केही घाउ, खटिरा हुन सक्छन्, क्यान्सर बाँकी रह्यो भने सेनालाई दुःख दिन्छ, म हिरो बन्न सुधारको प्रयास थालनी गरेको होइन, उत्तराधिकारीलाई पनि गलत बाटो हिँड्नु नपर्ने गरी बाटो बनाएर जान्छु,’ उनले भने। प्रधानसेनापति थापाले आगामी वर्ष आफू केही कठोर हुनेतर्फ पनि सजग गराएका छन्।

कति छ प्रधानसेनापतिको सम्पत्ति?

वेबसाइटमा सार्वजनिक गरिएको प्रधानसेनापतिको सम्पत्ति विवरणअनुसार उनको नाममा काठमाडौं-२६ मा ८ आना ३ पैसा २ दाम जग्गा, लमजुङको वेशीशहर नपा-४ मा पैतृक सम्पत्ति १२ रोपनी २ पैसा २ दाम, श्रीमती दीपा थापाको नाममा माइतीबाट प्राप्त कामपा-२६ मा २ आना २ दाम, पति-पत्नीको नाममा कामपा-५ मा ४ रोपनी ११ आना ४ पैसा, पति–पत्नीको नाममा नवलपरासीको कोल्हुवा ५ मा १२ आना ६ पैसा र छोरी रुरु थापाको नाममा लमजुङको वेशीशहरमा १ रोपनी १ पैसा ३ दाम जग्गा रहेका छन्।

यस्तै, १० लाख बराबरको सुन ५५ तोला, चाँदी ५९० तोला र हिराको हार र औंठी रहेको जनाइएको छ।

यस्तै, थापाको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा १६ लाख ६१ हजार ८ सय ९८।६४ रुपैयाँ, सोही बैंकमा ५ हजार ९ सय ७० डलर, ग्लोबल आइएमई बैंकमा ४२ हजार २ सय ९३ र मेघा बैंकमा ५० हजार रुपियाँ श्रीमती दीपा थापाको नाममा रहेको उल्लेख छ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको