काठमाडौँ – विप्लव समूह निकट रहेको आरोपमा पक्राउ परेका पत्रकार ओम हमाल सर्वोच्च अदालतको आदेशपछि मंगलबार रिहा भएका छन्।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य रहेका हमाल जनसञ्चार डटकमका सम्पादक छन्।

उनलाई विप्लव समूहसँग आबद्ध भएको आरोपमा पक्राउ गरिएको थियो।

यसअघि भदौ १७ गते सर्वोच्चले मंगलबार बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै छाड्न आदेश दिए पनि प्रहरीले ‘माथिको आदेश’ भन्दै फेरि पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here