काठमाडौं- अर्थ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखमा सहसचिव विष्णुराज ढकालको सरूवा गरेको छ।

अर्थ अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख रहेका ढकाललाई विमानस्थल भन्सार कार्यालय पठाइएको हो।

विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख गजेन्द्रकुमार ठाकुरको सरूवा भएपछि रिक्त स्थानमा ढकाललाई पठाइएको अर्थ मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here