काठमाडौं – मनिग्रामले दशैं तिहारलक्षित नयाँ योजना सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीमा विदेश गएकाहरुले आफ्ना परिवारलाई रकम पठाउँदा मनिग्रामको सञ्जाल प्रयोग गर्ने ग्राहकलाई दोब्बरसम्म भुक्तानी दिने योजनासहित मनिग्रामले नयाँ कार्यक्रम घोषणा गरेको हो ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा मनिग्रामका लागि भारतीय उपमहाद्विप, इन्डो-चाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख शेसागिरी मालियाह र मनिग्रामकी एशिया प्यासिफिक, दक्षिण एशिया र मध्यपूर्व क्षेत्रकी मार्केटिङ प्रमुख सब्रिना चानले सो कार्यक्रमको घोषणा गर्दै मनिग्रामले यसअघि मे महिनादेखि जुलाई महिनासम्म सञ्चालन गरेको कार्यक्रम विजेता बनेका २४ जनालाई पुरस्कार समेत प्रदान गरेका थिए ।
बिहीबारको कार्यक्रममा रामेश्वर बस्नेत, सीता पुन, बीरबहादुर गुरुङ, गोपालबहादुर अधिकारी, सीता कामी, मदन रानाभाट, बिनु सुनार विक, सन्तोष पौडेल, मिलन कार्की, रमेशचन्द्र खनाल, गणेश चन्द, खुस्बु रजत र गीता श्रेष्ठ र उनका परिबारले त्यस्तो पुरस्कार प्राप्त गरेका हुन् ।
दशैं तिहारको अवसरमा मनिग्रामले घोषणा गरेको उक्त कार्यक्रम यही भदौ १५ गतेबाट सुरु भएको छ भने मंसिर १४ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिभित्र मनिग्राम नेटवर्क प्रयोग गरी पैसा पठाउने र प्राप्त गर्नेले लक्की ड्रका आधारमा आफूले पठाएको रकमको दोब्बर रकम प्राप्त गर्न सक्नेछन्।
मनिग्रामले विश्वका २०० भन्दा बढी देशहरुमा आफ्नो सम्पर्क सञ्जाल स्थापित गरेको छ । ती सबै देशका जुनसुकै स्थानबाट समेत यो नेटवर्कमो मध्यमबाट रकम आदानप्रदान गर्न सकिनेछ । नेपालमा मनिग्रामको नेटवर्कमा युनाइटेड रेमिट, आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, सम्सारा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर आवद्ध छन् ।