काठमाडौं – काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ ।

गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।

विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको स्रोतले बताएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । उनले अन्नपूर्णसँग भने, ‘हामीले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइरहेका छौं ।’

को हुन् गुरुङ ?

गुरुङ धादिङका वासिन्दा हुन् । उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।

उनले प्रहरी अधिकृतलाई पनि धम्क्याउने गरेका थिए । स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here