देशैभर बदली र वर्षा, यस्तो छ तीन दिनसम्मको पूर्वानुमान

काठमाण्डौ – आइतबार देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, मनसुनी न्यून चापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ सरेकाले पनि मनसुनी गतिविधि केही सक्रिय भएको महाशाखाले महाशाखाले जनाएको छ  ।

मनसुनी न्यूनचापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।

मनसुन सक्रिय भएकाले धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । एकैछिन माैसम खुले पनि एकैछिनमा बदली हुने र अबको तीन दिन यस्तै किसिमको मनसुनी गतिविधि भइरहने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यस्तो छ आगामी तीनदिनको मौसम पूर्वानुमान 

भदौ २९ गते आइतबार

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली हुने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राती : देशभरी सामान्य बदली रहने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भदौ ३० गते सोमबार

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली हुने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भेगका केही भू–भागमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभरी सामान्य बदली रहने र केही भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।

भदौ ३१ गते मंगलबार

दिउँसो : देशभरी सामान्य बदली हुनुका साथै मध्य, पूर्व तथा पश्चिमका भूभागमा चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको हुनेछ । मध्य तथा पश्चिमी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । मध्य, पूर्व तथा पश्चिमका भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना छ ।

सिफारिस

एनपीएल: विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा (तस्वीरहरू)

काठमाडौं - लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले...

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

धेरै पढिएको