शान्ति सेनामा खटिने सैनिकको भत्ता बढ्यो

काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर १११४ पाउनेछन्।

गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीको भत्ता अमेरिकी डलर २१ बढाइएको छ। महिनामा १३७८ अमेरिकी डलर भत्ता उने प्रमुख सेनानीले अब १३९९ डलर पाउनेछन्। बढेको भत्तादर १ अक्टोबर देखि लागू हुने छ।

‘सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही अध्ययन कार्यदल गठन गरि सकलदर्जाबाट प्राप्त राय सुझावका आधारमा भत्ता वृद्धि गरिएको हो’, सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘यसले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख रुपैयाँ व्ययभार पर्ने भए पनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको हो।’

राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा अहिले पाँच हजार भन्दा बढी नेपाली सैनिक कार्यरत छन्। ४३ मिसनमा गरी हालसम्म एक लाख २७ हजार ३९० सैनिक शान्ति स्थापनामा सहभागी भएका छन्। अहिले नेपाली सेना १२ देशमा शान्ति मिसनमा खटिएका छन्।

सन् १९५८ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भएको हो।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको