संसद दिवसका अवसरमा सभामुख सापकोटाद्वारा वृक्षारोपण

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले  सिंहदरबारस्थित संघीय संसद परिसरमा वृक्षारोपण गरेका छन् । आज संसद दिवस २०७८ का अवसरमा सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोपेका हुन्  ।

कोभिड जोखिमका कारण दिवस मनाउन ठूलो कार्यक्रम नराखिएको बताउँदै उनले जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम रोजिएको बताए ।

‘पृथ्वीको उत्पत्ति भएदेखि नै रुख, विरुवा धेरै महत्वपूर्ण छ , महान दार्शनिक एवं महान धर्तीपुत्र गौतम बुद्धले पनि रुख, विरुवालाई धेरै महत्व दिनुभएको छ’ सभामुख सापकोटाले भने ‘प्रतिकुल अवस्थामा यसको महत्वलाई दर्शाउँदै संस्थाको दिवस मनाउन वृक्षारोपणको कार्यक्रम गरिएको हो ।’

सभामुख सापकोटाले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागि हुन सबैमा अपिल समेत गरे । उनले भने ‘वातावरण अनुकूल बनाउन आफ्नो अनुकूल ठाउँमा कम्तिमा एउटा विरुवा रोपेर हुर्काउन सबैलाई अपिल गर्दर्छु ।’

सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुब घिमिरे, सुदर्शन खतिवडालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गरेका थिए ।

 

सिफारिस

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन...

भर्खरै

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

धेरै पढिएको