एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको सात प्रस्तावमा के छ ?

नेकपा एमालेको शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको १३ औँ बैठकले सात वटा प्रस्तावहरू पारित गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकमा कोभिड महामारीद्वारा सिर्जित स्वास्थ्य सङ्कट, बाढी–पहिरोका कारण सिर्जित प्राकृतिक विपत्ति र कतिपय राजनीतिक दल तथा नेताहरूका कारण सिर्जित राजनीतिक समस्याका बारेमा विश्लेषण गरेको थियो ।

अध्यक्ष ओलीले तिनका विरुद्ध सरकार तथा पार्टी नेतृत्वबाट भइरहेका प्रयासहरूका बारेमा जानकारी गराएका थिए । नेकपा (एमाले) का काँधमा कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्रको भविष्य निर्भर रहेको बताउँदै उनले यसलाई एकताबद्ध र सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माण गर्न सकिने भएकाले पार्टी एकताका लागि सबैलाई रचनात्मक भूमिका खेल्न आग्रह गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

‘आफ्नै पार्टीको सरकारलाई ढालेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित कहिले राष्ट्रपति समक्ष त कहिले अदालतमा मुद्दा गर्न जानु कम्युनिष्ट आन्दोलनका लागि मात्रै होइन, कुनै पनि लोकतान्त्रिक समाजका लागि अशोभनीय, अस्वीकार्य र हानिकारक भएको बताउँदै उहाँले हस्ताक्षर फिर्ता लिएर मात्र एकताको आधार तयार हुनसक्ने बताउनुभयो,’ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँले पार्टी एकताका लागि निरन्तर प्रयत्न गरिरहेको तर आफ्नो पार्टीलाई कमजोर गराएर विपक्षीलाई बलियो बनाउने कतिपय नेताहरूको क्रियाकलापका कारण एकता प्रयासमा वाञ्छित सफलता हासिल हुन नसकेको बताउनु भयो । कोभिड विरुद्धको खोप छिट्टै आम नागरिकका लागि उपलब्ध हुने जानकारी गराउँदै उहाँले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । प्राकृतिक विपत्तिबाट पीडितहरूको उद्धार र पुनस्र्थापनाका लागि सरकारले चालिरहेका कदमका बारेमा पनि उहाँले बैठकलाई जानकारी गराउनु भयो ।’

बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष वामदेव गौतमले पार्टीको अध्यक्ष र संरक्षकको हैसियतले अझ बढी धैर्य, उदारता र लचकताका साथ एकता प्रयास जारी राख्न अध्यक्षसँग आग्रह गर्दै यस प्रयासमा आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाएका थिए ।

बैठकले निम्न प्रस्तावहरू पारित गरेको छ :

१. नेकपा (एमाले) केन्द्रीय कमिटीको यो बैठक नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता मदन भण्डारी तथा पार्टी अध्यक्ष एवं लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी लगायत आन्दोलनका अग्रजहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दछ । उहाँहरूले देखाउनु भएको आदर्शलाई पछ्याउने र निर्माण गर्नुभएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने सङ्कल्प गर्दछ । बैठक नेपालको देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सबै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

२. नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह हो । यो नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति हो । यो देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताको बलियो आधारस्तम्भ हो । नेपालका अग्रगामी परिवर्तनको मुख्य संवाहक र नेपालको संविधान निर्माणको निर्णायक एवं नेतृत्वदायी शक्ति पनि यही पार्टी हो । यस पार्टीलाई एकताबद्ध, सुदृढ र नेतृत्वदायी स्थानमा स्थापित गरेर मात्रै परिवर्तनका उपलब्धिहरूलाई रक्षा गर्न सकिन्छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ र समाजवादका आधारहरू निर्माण गर्न सकिन्छ । तर पार्टीमा विगत केही समय यता उत्पन्न असहज अवस्थाले पार्टीका हजारौं नेता–कार्यकर्ता तथा समर्थक–शुभचिन्तकहरूलाई चिन्तित तुल्याएको छ भने विरोधी शक्तिहरूलाई उत्साहित बनाएको छ । स्थितिको गाम्भीर्य, पार्टीको काँधमाथिका ऐतिहासिक अभिभारा, पार्टीपङ्क्तिको भावना एवं जनचाहनालाई केन्द्रबिन्दुमा राखेर पार्टी एकताको रक्षा, विकास र पार्टीको सुदृढीकरणका लागि आ–आफ्नो स्थानबाट रचनात्मक योगदान गर्न यो बैठक पार्टीका सबै नेता–कार्यकर्ताहरूलाई आह्वान गर्दछ ।

३. आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरू हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र ती मध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीतको विषय हो । यस्तो गतिविधि राष्ट्र र जनताका हितका समेत विपरीत छ । तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदहरूलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देश गर्दछ । यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरू मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ ।

४. यो बैठक कोभिड महामारीका कारण ज्यान गुमाउनु हुने पार्टी केन्द्रीय सदस्य कमरेडहरू पशुपति चौलागाइँ र योगनारायण यादव, केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड महेन्द्र कतिला, पूर्वसांसद कमरेड रत्नप्रसाद शर्मा, डोल्पा जिल्ला कमिटी अध्यक्ष कमरेड दत्तबहादुर रोकाया, पूर्वी रुकुमका पूर्व अध्यक्ष सतमान पुन, सुदुरपश्चिम प्रदेश कमिटी सदस्यहरू रामचन्द्र जोशी र लालबहादुर कडायत, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख कमरेड ओमबहादुर बुढा, केन्द्रीय विभागका पूर्व सदस्यहरू डा. गोविन्द थापा र चन्द्र न्यौपाने लगायत दिवंगत दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । सङ्क्रमित हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । कोभिड महामारीका विरुद्ध सरकारले प्रभावकारी ढङ्गले कदम चालिरहेको निष्कर्षका साथ बैठकले लक्षित उमेर समूहका सबै नागरिकहरूलाई समयमै खोप उपलब्ध गराएर कोभिड महामारीलाई निर्णायक रुपमा नियन्त्रण गर्न आफ्नो सम्पूर्ण क्षमताको उपयोगका लागि सरकारसँग आग्रह गर्दछ ।

५. यो वर्ष मनसुनको सुरुमै परेको भीषण वर्षाका कारण आएको बाढी–पहिरो र डुबानले देशैभरि जनधनको ठूलो क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, मनाङ, कास्की, लमजुङ, तनहुँ, चितवन, पाल्पा, गुल्मी, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट लगायत जिल्लाहरू बढी प्रभावित भएका छन् । ती जिल्लाहरूमा कैयौंको ज्यान गएको छ, सयौं परिवार घरबारविहीन हुनुभएको छ, पशुपञ्छी एवं चौपायाहरूको मृत्यु भएको छ र मेलम्ची खानेपानी, विभिन्न जलविद्युत् परियोजनाहरू र राष्ट्रिय राजमार्गमा ठूलो क्षति पुगेको छ । यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । पीडितहरूको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गर्र्दै विस्थापितहरूलाई तत्काल सुरक्षित र दिगो पुनस्र्थापना गर्न सरकारसँग गम्भीर आग्रह गर्दछ ।

६. यो बैठक भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार गराइरहनु भएका पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । उहाँको स्वास्थ्योपचारको जिम्मा लिनु भएकोमा पार्टी अध्यक्षप्रति धन्यवाद ज्ञापन गर्दछ ।

७. यो बैठक पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव कमरेड सि चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक बधाई ज्ञापन गर्दछ । सय वर्षको सङ्घर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको छ, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रुपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा–स्वास्थ्य–कला– खेलकुद सहितका सामाजिक क्षेत्रहरू, अन्तरीक्ष विज्ञान लगायतमा हासिल गरेका प्रगतिहरू चामत्कारिक प्रकृतिका छन् । चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिका प्रशंसनीय छ । यो बैठक यी तमाम सफलता एवं उपलब्धिका लागि तथा सापेक्ष रुपमा समुन्नत समाजवादी मुलुक

बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गरेकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाइ ज्ञापन गर्दछ । त्यसरी नै दोश्रो शताब्दी लक्ष्य हासिल गर्न र चिनियाँ राष्ट्रको पुनरोदयको चिनियाँ सपना साकार पार्न पूर्ण सफलता प्राप्त होस् भन्ने चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव कामरेड सि चिनफिङ र उहाँमार्फत चिनियाँ कमरेडहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।

केन्द्रीय कमिटीको अर्को बैठक भोलि असार १९ गते अपराह्न ३ बजे बस्ने छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको