कांग्रेसले गणेश लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने

काठमाडौं – नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकले गणेश लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएको छ।

तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका नेताहरुलाई जिम्मेवारी दिने क्रममा लामालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिन लागिएको हो। तत्कालीन फोरम लोकतान्त्रिकबाट आएका नेताहरुमा विजय गच्छदारले मात्रै पार्टीमा उपसभापतिको भूमिका पाएका छन्।

उपसभापति गच्छदारको समूहबाट ११ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न लागिएको स्रोतले जानकारी गराएको छ। गच्छदारका विश्वासपात्र समेत रहेका लामालाई उनकै जोडबलमा केन्द्रीय सदस्य बनाउन लागिएको हो।

गत निर्वाचनमा काभ्रे प्रदेशसभा १ ुखुबाट सदस्य उम्मेदवार बनेका उनी पराजित भएका थिए। गुण्डागर्दीमा संलग्न भएकाले विगतको नैतिक आचारण खराब भएको भन्दै उनको आलोचना हुँदै आएको छ।

कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताको समायोजन गर्नका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा कार्यदलसमेत बनेको छ। गच्छदारसँगै कांग्रेस भित्रिएका नेता कार्यकर्ताको समायोजन हालसम्म हुन सकेको छैन।

हाल कांग्रेसमा केन्द्रीय सदस्य संख्या ८५ जना रहेको छ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको